२०७९ असार २ गते

नेपाल लाइफ इन्स्योरेन्स : बिलम्ब शुल्कमा ३५ प्रतिशतसम्म छुट

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख नविकरणमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले २०७७ बैशाख २५ गतेदेखि नविकरण नभएका सम्पूर्ण बीमालेख २०७९ असार २४ गतेसम्म नविकरण गरेमा लाग्ने बिलम्ब शुल्कमा ३५ प्रतिशतसम्म छुट गर्ने जनाएको छ । बीमालेख नविकरणमा दिएको छुटमा सर्तहरु लागुहुने कम्पनीले जनाएको छ ।

विगत दुई दशक भन्दा बढी समयदेखी नेपाली जीवन बीमाक्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफले समयसापेक्ष उत्कृष्ट किसिमका जीवन बीमा योजनाहरू ल्याएर थप लोकप्रियता कायम गर्न सफल भएको छ ।

उपभोक्तालाई बीमा सुविधाका माध्यमबाट निश्चिन्तता प्रदान गर्दै बीमाप्रति थप आकर्षण बढाउने सोचका नयाँ तथा आकर्षक बीमा योजना सार्वजनिक गरिरहेको नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न योजनाहरु ल्याउँदै आएको छ ।

बीमा शुल्क भुक्तानी तरिकामा छुट तथा थपको ब्यवस्था

नेपाल लाइफ इन्स्योरेन्सले बीमा शुल्क भुक्तानीको तरिकाका आधारमा छुट तथा थपको ब्यवस्था पनि गरेको छ । यस अन्तर्गत, वार्षिक बीमा शुल्क भुक्तानीमा कुनै छुटको ब्यवस्था गरिएको छैन । तथापी अर्धवार्षिक भुक्तानीमा ३ प्रतिशत थप र त्रैमासिकमा ४ प्रतिशत थपको ब्यवस्था गरिएको कम्पनीले गरेको छ । कम्पनीले बीमाङ्कको आधारमा बीमा शुल्क दरमा छुटको ब्यवस्था पनि गरेको छ ।

यस अन्तर्गत रु. १ लाख ५० हजारसम्मको बीमाङ्क रकममा कुनै छुटको ब्यवस्था छैन । तर, रु १ लाख ५१ हजारदेखि रु. ३ लाखसम्मको बीमाङ्क रकममा रु. १ प्रति हजार, रु. ३ लाख १ हजारदेखि रु. ५ लाखसम्म रु. १.५ प्रति हजार, रु. ५ लाख १ हजारदेखि माथि रु २ प्रति हजार क्रमशः बीमाङ्क रकममा छुटको ब्यवस्था गरिएको छ । त्यसैगरी दुर्घटना लाभ सुविधा अन्तर्गत रु. १ करोडसम्म थप रु. १ प्रति हजार प्रति ब्यक्तिको ब्यवस्था रहेको छ ।