Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्स र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता 

२०७९ जेष्ठ १७ गते

बैंकिङ खबर/ मेरोमाइक्रोफाइनान्स लघुवित्त  वित्तीय संस्था लिमिटेड तथा  वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सौर्य पम्प सिंचाइ ( Solar Water Pump) परियोजनाहरु निर्माण सम्बन्धमा सम्झौता भएको छ ।

सोमबार भएको उक्त सम्झौता पत्रमा मेरोमाइक्रोफाइनान्स लघुवित्त  वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामहरि  दाहाल तथा नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले  हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा दुवैतर्फका अन्य पदाधिकारी एवम् कर्मचारीहरुको उपस्थिति रहेका थियो । मधेस प्रदेशका ८ जिल्लाका कृषकहरु लाभान्वित हुने सोलार पम्प परियोजना कार्यान्वयनको लागि winrock इन्टरनेशनल नेपालको प्राविधिक सहयोग रहनेछ ।

उक्त  परियोजनामार्फत ब्यवसायिक कृषकहरुको वित्तीय पहुँच तथा लघु उद्यमशिलता र क्षमताको बिकास हुनुको साथै कृषि उत्पादकत्वमा समेत वृद्धि हुने बिश्वास संस्थाले लिएको छ ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मुलुकभर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ६४ जिल्लामा १५ अनुगमन कार्यालय तथा १५० शाखा कार्यालयमार्फत १ लाख ८० हजार भन्दा बढी घरपरिवारलाइ लघुबित्तीय सेवा प्रवाह गरिरहेको छ ।