Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चितवनको टाँडीमा मनास्लु विकास बैंक

२०७३ भाद्र ३० गते

manasluमनास्लु विकास बैंक लिमिटेडले विहीबारदेखिचितवनको टाँडी बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । विहिबार एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष विजय मल्लले शाखाको उद्धघाटन गरे । शाखाको उद्धघाटन गर्दै बैकका अध्यक्ष मल्लले गाँउगाँउसम्म आर्थिक विकास गर्न बैंकले उचित भूमिका खेल्दै आएको र यस क्षेत्रका ग्राहक वर्गको चाहना र आवश्यकता अनुसार नै बैंकले वित्तिय सेवा प्रवाह गर्दै जाने बताए । बैंकले गत आर्थिक वर्षमा ६ करोड ९५ लाख ३३ हजार ५ सय ६२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।  


 

Ad