एनएमबि बैक लिमिटेड १५.३३ मेगावाटको कलंगागड हाईड्रोको मुख्य लगानीकत्र्ता हुने भएको छ । बझाङ्ग जिल्लाको सुकुन्दा, बाझ र खैराटाडीं गा.वि.स मा निमार्ण हुन लागेको जलबिद्युत आयोजनामा एनएमबि बैकको अगुवाई रहने भएको हो । सह—वित्तीयकरणमा भने एन आ सि एसिया बैक, सिभिल बैक, जनता बैक नेपाल, देब बिकास बैक, तथा ज्योति बिकासले ऋण लगानी गर्ने भएका छन् ।
१५.३३ मेगावाट क्षमता भएको कलंगागड जलबिद्युत आयोजनाको कुल लागत रु २.८ अर्वको रहनेछ भने कुल ऋणरु २.१० अर्व रहनेछ । यो ऋण सम्झैतामा हस्ताक्षर गरे लगत्तै एनएमबि बैक जलबिद्युत आयोजनाहरुमा लगानी गर्ने अग्रणी बैक भएको छ ।