Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बङ्गलादेश बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

२०७८ पुष २५ गते

बैंकिङ खबर।

नेपाल राष्ट्र बैंकको “वित्तिय साक्षरता नीति” लाई अवलम्बन गर्दै नेपाल बङ्गलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरुलाई वित्तिय सेवा सम्बन्धमा जानकारी गराइएको थियो।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगदरहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नीतिलाई सफल बनाउने उद्देश्यसहित नेपाल बङ्गलादेश बैंक भोजपुर शाखाका प्रमुख विनोद पाण्डेले विद्युतिय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका बैंकले जनाएको छ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ।

Ad