
बैंकिङ खबर/ काठमाडौं नयाँ बानेश्वरस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेको नाम हालसम्म प्रहरीले सार्वजनिक गरेको छैन । यहि पुस १८ गते बैंकबाट भएको १६ लाख रुपैयाँ लुटपाटमा जोडिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो । काठमाडौं प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।