Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

उच्च व्याजदरसहित सनराइज बैंकको ‘सम्पूर्ण बचत खाता’ सञ्चालनमा

२०७८ पुष २२ गते

बैंकिङ खबर।

सनराइज बैंकले ‘सम्पूर्ण बचत खाता’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले साे खातामार्फत ग्राहकलाई उच्चतम ब्याजदरका साथै विभिन्न सेवाहरु दिने भएको हो।

न्यूनतम मौज्दात २५ हजार रुपैयाँ रहेको उक्त बचत खातामा ग्राहकले ७ दशमलव ०५ प्रतिशत व्याज पाउनेछन् र पाँच वर्षका लागि बैंकले निःशुल्क मोबाइल बैंकिङ र भिसा डेबिट कार्ड दिनेछ। साथै एक वर्षका लागि डिम्याट खाता र मेरो सेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुटसमेत प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ।

यो बचत खातामा ग्राहकहरुले ८० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र २० हजार रुपैयाँसम्मको ओपीडी खर्च बीमाका साथै ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन्। बैंकका अनुसार अस्पताल भर्ना बीमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिने छ। यो स्वास्थ्य बीमा योजना भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदासमेत दाबी गर्न सकिने बैंकले जनाएको छ।

साे बैंकले हाल १ सय ३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १ सय ५७ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

Ad