
बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ । मंसिरमहिनामा मात्र बैंकले २ विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यहरुमा सहयोग गरेको छ ।
बैंकले गो.न.पा –०१ दुंगासाँघु, ललितपुरस्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्लेको निर्माणको लागि १७ हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ ।
यससँगै, आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुमा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्य लिएकोे सरोज टेबल टेनिस फर अल क्लबलाई सोहि आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई निःशुल्क टेबल टेनिसको तालिम दिन बैंकले ४० हजार रुपैयाँको आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।