Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेरो माइक्रोफाइनान्सका अध्यक्ष मानन्धरले लिए सपथ

२०७८ मंसिर २८ गते

बैंकिङ खबर/ मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सन्जिब मानन्धरले शपथ ग्रहण गरेका छन् । संस्थाको नवौं वार्षिक साधारण सभाबाट अध्यक्षमा पुनःनिर्वाचित मानन्धरले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देब कुमार ढकाल समक्ष शपथ ग्रहण गरेका हुन् ।

उनलाई गत शुक्रबार सम्पन्न भएको साधारण सभाबाट संचालक पदमा निर्वाचित भइ संचालक समितिबाट अध्यक्ष पदमा मनोनित गरिएको हो । सभाले अध्यक्षसहित आगामी चार वर्षका लागि ४ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको थियो । सभाले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर पनि पारित गरेको संस्थाले जनाएको छ ।

Ad