२५ करोड चुक्ता पुँजी भएका कम्पनी एसएमईमा दर्ता हुन सक्ने(पूर्णपाठ)

बैंकिङ खबर/ धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९ को मस्यौदा जारी गरेको छ। बोर्डका अनुसार संगठित संस्थासँग सम्बन्धित नियामक निकायले संस्थाको जारी पूँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्ने व्यवस्था गरेको छ । नियमावली अनुसार धितोपत्र निष्काशन […]


साना–मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३० प्रतिशत आईपीओ ल्याउनुपर्ने

बैंकिङ खबर/साना तथा मझौला उद्योगहरुले जारी पुँजीको ३० प्रतिशतभन्दा कम नहुने गरी आईपीओ ल्याउन पाउने भएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बिहीबार सार्वजनिक गरेको साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ मा यस्तो व्यवस्था गरिएको हो। त्यस्ता संगठित संस्थासँग सम्बन्धित नियामक निकायले अन्यथा तोकेको अवस्थामा बाहेक संगठित संस्थाको जारी पुँजीको ३० […]


मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको ७६ लाख ३७ हजार १९४.१५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत बोनस शेयर, […]


भूगोल इनर्जी र रावा इनर्जीको आईपीओ खुल्दै

बैंकिङ खबर/ भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले यहि चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशतले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख […]


लगानीकर्ताको १४ खर्ब गुमाइसकेको भन्दै सरकारको ध्यानाकर्षण

बैंकिङ खबर/ सांसद् हरि ढकालले सेयरबजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता १४ खर्ब गुमाइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सेयरबजार लगातार १९ महिनादेखि ओरालोतिर रहेको बताए। उनले भने, ’लगातार १९ महिनादेखि निरन्तर सेयरबजार ओरालो लागेको छ। १४ खर्ब गुमाइसकेका छन्। कति खर्ब गुमाएपछि सरकारले ध्यान दिने हो?’ चितवन– १ बाट […]


काठमाडौं बहिरा संघका सदस्यहरुलाई शेयर बजार सम्बन्धी १ दिने तालिम

बैंकिङ खबर/ प्रभु क्यापिटल लिमिटेडले २०७९ चैत्र ११ गते शनिबारको दिन “ग्लोबल मनि विक—२०२३” को अवसरमा युवा केन्द्रित विविध पूँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्यसहित काठमाडौं बहिरा संघ नेपालको सहयोगमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम काठमाडौंको हात्तीसार स्थित नेपाल हाउसमा सम्पन्न भएको हो। काठमाडौं बहिरा संघ […]


ऋणपत्र निष्काशन गर्दै एनएमबि बैंक

बैंकिङ खबर/एनएमबि बैंक लिमिटेडले चैत २१ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९-२०९०’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात २ अर्ब […]


मकर जितुमाया सुरीले आईपीओ निष्काशन गर्दै, सगरमाथाको आज अन्तिम दिन

बैंकिङ खबर/ मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले यहि चैत १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ४९ हजार ४०० कित्ता निष्काशन गर्न लागेको […]


थप तीन ब्रोकर कम्पनीलाई शाखा खोल्ने अनुमति

बैंकिङ खबर/ थप तीन ब्रोकर कम्पनीले ब्रोकर कम्पनीको शाखा बिस्तारको लागि अनुमति पाएका छन्। शनि सेक्युरुटिज, आर्यातारा इन्भेस्टमेन्ट र नासा सेक्युरुटिजले अनुमति पाएका हुन्। शनिले पोखरामा शाखामा खोल्ने अनुमति पाएको छ भने आर्याताराले भक्तपुरमा शाखा खोल्ने छ। यसैगरि नासाले पोखरामा शाखा खोल्ने अनुमति पाएको हो।  यस अघि बोर्डले एकै पटक ११ ब्रोकर कम्पनीलाई २० ठाउँमा […]


दुई कम्पनीको सेयर कारोबार खुला

बैंकिङ खबर/ कालिन्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ । ‘केडीएल’ र ‘एएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ । कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा भएको छ । उक्त भाउलाई आधार मानेर कारोबार हुनेछ । नेप्सेले कालिन्चोकको पहिलो कारोबारका लागि प्रतिकित्ता ७८.१५ रुपैयाँदेखि २३४.४५ […]