नेपाल राष्ट्र बैंक ६९ औं वर्षमा

बैंकिङ खबर/नेपाल राष्ट्र बैंक ६९ औं वर्षमा प्रवेश गरेको छ । ६९ औं वर्षको अवसरमा आज बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरिँदैछ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा दिउँसो १ बजे वार्षिकोत्सव कार्यक्रम आयोजना हुने छ । यस्तै ६९ औं वर्षको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले वित्तीय प्रणालीप्रति […]


वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंक प्रतिवद्ध छः गभर्नर

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंक प्रतिवद्ध रहेको बताएका छन् । राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा शुभकामना संदेश दिंदै उनले यस्तो बताएका हुन् । साथै उनले मुलुकले परिलक्षित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन राष्ट्र बैंक सदा समर्पित रहने प्रतिवद्दता जनाएका छन्। शुभकामना संदेशमा […]


घट्यो बैंकहरुको बेस रेट, तीन वटा बैंकको बाहेक सबैको रेट एकल अंकमा

बैंकिङ खबर/ वैशाखमा वाणिज्य बैंकहरुको आधार दर बेस रेट घटेको छ । वैशाखमा वाणिज्य बैंकहरुको औसत आधार दर ०.३० प्रतिशतले घटेको छ भने औसत आधार दर ८.७५ प्रतिशत रहेको छ । चैत महिनामा भने वेस रेट ९.०६ प्रतिशत थियो । कुुमारी, हिमालयन र प्राइम कमर्सियल बाहेक अन्यको बेस रेट एकल अंकमा आएको छ । स्टाण्डर्ड […]


बढ्न थाल्यो तरलता, ३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब तरलता खिच्ने भएको छ । बैंकले १४ दिने निक्षेप संकलन उपकरण मार्फत वैशाख १३ देखि वैशाख २७ गतेसम्मका लागि ३५ अर्ब निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि […]


बैंकहरुको उठ्न बाँकी ब्याज झण्डै १८ अर्ब

बैंकिङ खबर/ सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको चैतसम्म उठ्न बाँकी ब्याज झण्डै १८ अर्ब रहेको छ । २०८० चैत मसान्तसम्म वाणिज्य बैंकहरुको १८ अर्ब ८ करोड ७६ लाख ५ हजार रुपैयाँ ब्याज उठाउन बाँकी रहेको छ । बैंकहरुले चालु आवको ९ महिनाको अवधिमा उक्त रकम उठाउन सकेका छैनन् । चालु आर्थिक वर्षको ९ महिनामा सञ्चालनमा […]


बैंकहरुमा करिब रु. २ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले करिब २ अर्ब रुपैयाँ बढी बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकको विभिन्न कोषमा रहेको कुल १ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त […]


बैंकिङ प्रणालीको निक्षेप एकै दिन ५ अर्बले बढ्यो

बैंकिङ खबर/ बैंकिङ प्रणालीको निक्षेप एकै दिन ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार वैशाख ७ गते बैंकिङ प्रणालीबाट ५ अर्ब रुपैयाँ थपिएको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख ७ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ४२ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन छ । वैशाख ६ गतेसम्म भने बैंकिङ […]


६९ औं वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले वैशाख १४ गते शुक्रबार आफ्नो ६९ औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ। राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा दिउँसो १ बजे वार्षिकोत्सव कार्यक्रम आयोजना हुनेछ। वार्षिकोत्सव कार्यक्रममा सहभागिताको लागि राष्ट्र बैंकका पूर्व गभर्नरहरु, पूर्व डेपुटी गभर्नरहरु, पूर्व विशिष्ट श्रेणी तथा पूर्व प्रथम […]


एटीएमबाट पैसा निस्केन, तर ब्यालेन्स घट्यो ?, यसरी हुन्छ हिसाब मिलान

बैंकिङ खबर/कार्ड प्रयोग गरेर एटीएमबाट नगद निकाल्दा कुनै प्राविधिक समस्याका कारणले नगद निस्कन नसक्दा पनि कहिलेकाहीँ खाताबाट मौज्दात (ब्यालेन्स) घट्न सक्छ। यस्तो अवस्थामा हिसाब मिलानका लागि नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान तोकेको छ। केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। एटीएमबाट नगद ननिस्केको अवस्थामा रकम फिर्ता गर्नका लागि […]


कर्जाको ब्याजदर औषत २० प्रतिशतसम्म घट्यो

बैंकिङ खबर/ बैंकहरूले निक्षेपको ब्याजदर निरन्तर घटाउँदा कर्जाको ब्याजदर एक वर्षको अवधिमा औषत २० प्रतिशतसम्म घटेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको तथ्याङ्क अनुसार कर्जाको आधारदर वाणिज्य बैंकको औसत १७.६४ प्रतिशत र विकास बैंकको १९.७३ प्रतिशत घटेको हो । बैंकहरूले निक्षेपतर्फको ब्याजदर घटाउन थालेपछि आधारदर पनि घट्न गई कर्जातर्फको ब्याजदर पनि स्वतः […]