२०७३ आश्विन २२ गते

हकप्रद सेयर निष्काशनको लहर : पाइपलाइनमा १३ कम्पनी

rights-issueपुँजीवृद्धिको प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय हकप्रद सेयर निष्काशनको प्रक्रियालाई तीव्रता दिएका छन् । शुक्रबार मात्रै धितोपत्र बोर्डले काष्डमण्डप डेभलपमेन्ट बैंकको २५ प्रतिशत र माछापूछ्रै बैंकको ५० प्रतिशत हकप्रद सेयरलाई निष्काशनको अनुमति दिएको छ । यसबाहेक यतिबेला १३ वटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा छन् ।

  • सेन्ट्रल फाइनान्स लिमिटेडले चार बराबर एक कित्ताका दरले हकप्रद निष्काशनका लागि ७१ साल फागुन २८ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीले चार करोड ६३ लाख ४४ हजार तीन सय ५० रुपैयाँ बराको हकप्रद सेयर निष्काशनका लागि स्विकृतिको माग गर्दै बोर्डमा निवेदन दिएको थियो । कम्पनीको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एआईबीएल क्यापिटल मार्केट रहेको छ । 
  • कामना विकास बैंकले पनि चार बराबर एक कित्ताका दरले हकप्रद निष्काशनका लागि अघिल्लो वर्षको बैशाख ३१ गते बोर्डमा निवेदन दिएको थियो । बैंकले पाँच करोड ७५ लाख रुपैयाँ बराबरका पाँच लाख ७५ हजार कित्ता हकप्रद सेयर निष्का गर्न लागेको हो । कामनाको सेयर सेयर निष्काशन तथा विक्रि प्रबन्धक पनि एनआईबीएल रहेको छ ।
  • अपि पावर कम्पनीले दुई अर्ब रुपैयाँ बराबरका दुई करोड कित्ता हकप्रद सेयर निष्काशनका लागि गत वैशाख २७ गते बोर्डमा निवेदन दिएको थियो । एक बराबर दुईको अनुपातमा हकप्रद दिन लागेको कम्पनीको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 
  • यता, ललितपूर फाइनान्स कम्पनीले पनि १८ करोड ७९ लाख ४५ हजार तीन सय रुपैयाँ बराबरका १८ लाख ७९ हजार चार सय ५३ कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । गत असार १४ गते बोर्डमा निवेदन दिएको कम्पनीले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद दिन लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । 
  • सप्तकोसी डेभलपमेन्ट बैंकले पनि शतप्रतिशत हकप्रद सेयर जारी गर्दैछ । यसका लागि बैंकले गत असार २० गते बोर्डमा निवेदन दिएको थियो । बैंकले १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
  • नेको इन्स्योरेन्सले पनि शतप्रतिशत हकप्रद सेयर एनएमबी क्यापिटलद्धारा निष्काशन गर्दैछ । हकप्रद निष्काशनको अनुमतिका लागि कम्पनीले गत साउन १२ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका तीन करोड २४ लाख रुपैयाँ बराबरका घीन लाख २४ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । 
  • त्यस्तै, कञ्चन डेभलपमेन्ट बैंकले पचार प्रतिशत हकप्रद जारी गर्दैछ । यसका लागि बैंकले गत साउन २४ गते बोर्डमा निवेदन दिएको थियो । बैंकले नौ करोड ९० लाख रुपैयाँ बराबरका नौ लाख ९० हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा बैंकले ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । 
  • कैलाश विकास बैंकले पनि पाँच बराबर एकको अनुपातमा हकप्रद सेयर ग्लोबल आईएमई क्यापिटलमार्फत निष्काशन गर्दैछ । बैंकले ३१ करोड ६० लाख ६७ हजार दुई सय रुपैयाँ बराबरका ३१ लाख ६० हजार छ सय ७२ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै गत साउन ३० गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । 
  • त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पनि आफ्ना सेयरधनीलाई चार बराबर एकको अनुपातमा हकप्रद सेयर दिँदै छ । आठ करोड ६२ लाख १२ हजार पाँच सय रुपैयाँ बराबरका आठ लाख ६२ हजार एक सय २५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको कम्पनीले सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । कम्पनीले धितोपत्र बोर्डमा गत साउन ३२ गते निवेदन दिएको थियो । 
  • सगरमाथा फाइनान्सले १० बराबर आठ कित्ताको अनुपातमा २९ करोड ५४ लाख ३९ हजार रुपैयाँ बराबरका २९ लाख ५४ हजार तीन सय ९० कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ । यसका लागि बैंकले असोज ६ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट रहेको छ । 
  • त्यस्तै, असोज ७ गते मन्जुश्री फाइनान्सले एक बराबर १.७५ कित्ताको अनुपातमा हकप्रद निष्काशनका लागि अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको छ । कम्पनीले ४३ करोड ८६ लाख ३७ हजार पाँच सय रुपैयाँ बराबरका ४३ लाख ८६ हजार तीन सय ७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एस क्यापिटल रहेको छ । 
  • नमस्ते वित्तीय संस्थाले पनि शतप्रतिशत हकप्रद सेयर निष्काशनका लागि गत असोज ७ गते बोर्डमा निवेदन दिएको छ । तीन करोड ७५ लाख रुपैयाँ बराबरका तीन लाख ७५ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको संस्थाले सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । 
  • त्यसैगरी, देवः विकास बैंकले पचास प्रतिशत हकप्रद सेयर निष्काशनका लागि गत सोमबार मात्रै बोर्डमा निवेदन दिएको छ । ४४ करोड पाँच लाख ४४ हजार ३९ रुपैयाँ बराबरका ४४ लाख पाँच हजार चार सय ४० कित्ता हकप्रद सेयर जारी गर्न लागेको बैंकले सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।