घरजग्गा कारोबार बढ्यो, चैतमा मात्रै करिब ४ अर्ब राजस्व संकलन

बैंकिङ खबर/ घरजग्गा कारोबार बढ्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले चालु आर्थिक चैत्र मसान्तसम्म जग्गा कारोबारमा केही सुधार देखिएको छ । घरजग्गा कारोबारबाट चैतमा फागुन महिनाभन्दा ३५ करोडले रुपैयाँले राजस्व वृद्धि भएको विभागले जनाएको छ । चैत्र महिनासम्ममा ३ अर्ब ९४ करोड ८१ लाख रूपैयाँ संकलन भएको तथ्यांक छ । गत […]


आयात निर्यात दुवै घट्यो

बैंकिङ खबर/ चैत महिनामा आयात निर्यात दुवै घटेको छ। भन्सार विभागले सार्वजनिक गरेको चैत महिनाको तथ्याङ्क अनुसार आयात निर्यात दुवै घटेको देखिएको हो। विभागका अनुसार चैतसम्म ११ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा २.८४ प्रतिशत कम हो। गत वर्ष सोही अवधिमा १२ खर्ब १ अर्ब रुपैयाँ बरावरको […]


अधिकांश फाइनान्सको नाफा घट्यो

बैंकिङ खबर/चालु आर्थिक वर्षको ९ महीना अवधिमा सञ्चालनमा रहेको वित्त कम्पनीहरुमध्ये मल्टिपर्पस फाइनान्स बाहेक सबै फाइनान्सको नाफा घटेको छ । खराब कर्जा बढेर सो वापत गर्नुपर्ने प्रोभिजनका कारण फाइनान्सहरुको मुनाफामा असर पुगेको हो । चालु आर्थिक वर्षको ९ महीना अवधिमा सबैभन्दा धेरै घाटामा पोखरा फाइनान्स पुगेको छ । सो फाइनान्सले १८ करोड २९ लाख ३३० […]


राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि आवेदन खुल्यो

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया अघि बढेको छ । बैंकले सिइओ पदका लागि आवेदन खुलाएको छ । बैंकको सिइओ किरण कुमार श्रेष्ठको कार्यकाल चैत २८ गते सकिएको छ । उनले दुई कार्यकाल बैंकमा बिताएका छन्। उनको कार्यकाल सकिएपछि नयाँ सिइओ नियुक्तिका लागि आवेदन खुला गरेको हो । योग्यता पुगेका इच्छुक […]


स्टाटर्अप उद्यम कर्जाका लागि १६ सयले दिए आवदेन

बैंकिङ खबर/ सरकारले स्टाटर्अप उद्यम कजाको लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान गर्दा १६ सय बढी स्टार्टअपले आवेदन दिएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार २०८० माघ १९ गतेदेखि २०८० फागुन १० गतेसम्मको अवधिमा कुल १ हजार ६ सय ५८ वटा प्रस्ताव पेश भएका हुन् । अब मापदण्ड पूरा गरेको परियोजनाहरूलाई प्रतिष्ठानले प्रारम्भिक सूची […]


लघुवित्तहरुको खराब कर्जा बढ्यो

बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाहरुको खराब कर्जा ह्वात्तै बढेको छ । २०८० असार मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा निष्क्रिय कर्जा अघिल्लो वर्षको तुलनामा ७८.०९ प्रतिशलते बढेर २४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तसम्म निष्क्रिय कर्जाको अनुपात ५.६० प्रतिशत रहेको राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले तयार पारेर गत चैत्त महिनामा […]


२०२४ मा विश्वको आर्थिक वृद्धि ३.२% हुने आईएमएफको प्रक्षेपण

बैंकिङ खबर/अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले हुने अनुमान सार्वजनिक गरेको छ । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा वर्ल्ड इकोनमिक आउटलुक सार्वजनिक गर्दै आईएमएफले सन् २०२४ मा पनि सन् २०२३ जति नै आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो । यसअघि कोषले गत जनवरीमा सन् २०२४ मा ३.१ प्रतिशतले आर्थिक वृद्धि […]


धितोपत्र ऐन २०६३ संशोधन, यस्ता छन् नयाँ व्यवस्था

बैंकिङ खबर/ धितोपत्र सम्बन्धी ऐन २०६३ संशोधन भएको छ । धितोपत्र संशोधन विधेयक संसदको दुवै सदनले पारित गरेर २०८० चैत्र ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । धितोपत्र सम्बन्धी ऐन सहित अन्य विभिन्न ऐनलाई संशोधन गर्न बनेको ‘सम्पत्ति शुद्धीकरण, निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संशोधन भएको हो । […]


अब घरजग्गा कारोबार गर्दा अनिवार्य लाइसेन्स लिनुपर्ने

बैंकिङ खबर/ घरजग्गा कारोबार गर्दा अनिवार्य रुपमा लाइसेन्स लिनुपर्ने भएको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’मा मालपोत ऐन २०३४ समेत संशोधन भएर संसदको दुवै सदनबाट पारित भइ २०८० चैत्र ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै घरजग्गा सम्बन्धि कारोबार गर्न इजाजत लिनुपर्ने भएको हो । […]


लघुवित्तद्वारा नियम विपरित असुलेको ११४ करोड सेवा शुल्क फिर्ता

बैंकिङ खबर/ सञ्चालनमा रहेका ४८ लघुवित्त वित्तीय संस्थाले एक अर्ब १४ करोड रुपैयाँ नियम विपरित असुल गरेपछि फिर्ता गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार ती लघुवित्त वित्तीय संस्थाले ग्राहकबाट तोकिएको भन्दा धेरै सेवाशुल्क लिएपछि सम्बन्धित ग्राहकलाई नै फिर्ता गरेका हुन् । केन्द्रीय बैंकका अनुसार ४८ वटा लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७९/८० मा एकीकृत […]