काठमाडौं महानगरद्वारा २ सहकारीको दर्ता खारेज

बैंकिङ खबर/काठमाडौं महानगरपालिकाले २ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा सहकारी संस्था लिमिटेडको दर्ता खारेजी गरेको महानगरपालिकाको शहकारी विभागले जनाएको छ । महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी २ संस्थाहरुको दर्ता खारेजी गरिएको बताएको छ । […]


भाखा नाघेका ऋण असुलीलाई प्रभावकारी बनाउन सहकारीहरुलाई निर्देशन

बैंकिङ खबर/लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर, तौलिहवामा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ६५ औं एक्सटेन्सन काउन्टरको बुधबार एक समारोहकाबीच शुभारम्भ गरिएको छ । एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रिबन काटेर संयुक्त रुपमा समुद्घाटन गर्नुभयोे । शाखा कार्यालय तौलिहवामार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट […]


सहकारी विभागद्वारा पाँच बुँदे निर्देशन जारी(पूर्णपाठ)

बैंकिङ खबर/ सहकारी विभागले नयाँ निर्देशन जारी गरेको छ । विभागले बिहीबार सहकारी संघ-संस्थाका लागि पाँच बुँदे नयाँ निर्देशन जारी गरेको हो । विभागले सहकारी क्षेत्रको पुनरुत्थान गर्नका लागि सहकारी ऐन, २०७४ को दफा २३, दफा २५ को खण्ड (ज) र दफा ९५(५) एवं सहकारी नियमावली, २०७५ को नियम ७२ (३) र नियम ७६ (१) […]


बचत फिर्ताको माग गर्दै राँके जुलुस

बैंकिङ खबर­/बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले बचत फिर्ताको माग गर्दै राँके जुलुस प्रदर्शन गरेका छन् । संस्थाका अध्यक्ष देवकुमार नेपाली फरार भएपछि बचतकर्ताहरुले बुधबार राँके जुलुस प्रदर्शन गरेका हुन् । बागलुङ नगरपालिका–३, स्थित लाङ्घालीचोकबाट निस्केको राँके जुलुसलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो । राँके जुलुससहित सयौंको संख्यामा निस्केका बचतकर्ताले प्रहरीको […]


सहकारी संस्थाप्रति अविश्वासको वातावरण सिर्जना भयोः परितोष पौडेल

बैंकिङ खबर/नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले सहकारी ऐनको कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौति बनेको बताए । सहकारीमा आजको अवस्था सिर्जना हुनुमा २०७४ सालमा आएको ऐन प्रभावकारी ढंगले कार्यान्वयन नहुनु रहेको उनले बताए । काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनले बचतकर्ता स्वयंले बचत सुरक्षाको प्रत्याभूति दिन आवश्यक रहेको बताए । […]


सञ्चालकको जायजेथाबाट भएपनि बचतकर्ताको रकम फिर्ता हुन्छः नमराज घिमिरे

बैंकिङ खबर/सहकारी विभागका रजिष्टार नमराज घिमिरेले बचतकर्तालाई अन्यायमा पारेर सहकारी बचाउन नसकिने बताएका छन् । बचतकर्तालाई न्याय प्रदान गर्न नसकिएको खण्डमा सहकारी बचाउनुको औचित्य पनि नरहेको उनको भनाइ छ । काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनले भने, ‘सहकारी बचाउनुपर्छ, तर बचतकर्तालाई अन्यायमा पारेर होइन । बचत फिर्ता नगराएर सहकारी बचाउनुको कुनै अर्थ पनि छैन । बचतकर्तालाई […]


सहकारीको ऋण नतिर्ने ऋणीलाई राज्यका सेवा सुविधा नदिन माग

बैंकिङ खबर/ जिल्ला सहकारी संघ, कास्कीले सहकारीबाट ऋण लगेर नतिर्नेहरुबाट असुलीका लागि सहयोग गरिदिन नियमनकारी निकायलाई आग्रह गरेको छ । संघले सहकारी रजिष्ट्रारको कार्यालय पोखरा, पोखरा महानगरपालिका र कास्कीका सबै गाउँपालिकाहरुलाई ऋण असुलीमा सहयोग गर्न आग्रह गरेको हो । संघले सहकारी संस्थासंग ऋण लिने समयमा गरिएको सर्त सम्झौता अनुसार तोकिएको समयमा ऋण भुक्तान गर्न सार्वजनिक […]


अब सहकारी संस्थामा हिनामिना गर्ने व्यक्ति चुनाव लड्न नपाउने

बैंकिङ खबर/निर्वाचन आयोगले सहकारी संस्थामा रहेर हिनामिना गरेको व्यक्तिलाईसमेत उम्मेदवार हुनबाट रोक्न प्रस्ताव गरेको छ । ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा यस्तो प्रस्ताव गरिएको हो। प्रस्तावित विधेयकमा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधान राख्दै भनिएको छ, ‘कुनै सहकारी संस्थाको सञ्चालक पदमा रही प्रचलित कानुन विपरीत आर्थिक हिनामिना गरी त्यस्तो सहकारी संस्थालाई हानि नोक्सानी पु¥याएको व्यक्ति […]


सुमेरु सहकारी प्रकरणः १० अर्ब बढी अपचलन गरीे सञ्चालक विदेश पलायन

बैंकिङ खबर/ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सर्वसाधारणको १० अर्बभन्दा बढी रकम अपचलन गरी विदेश पलायन भएका छन् । बचतकर्ताले आफ्नो रकम खोज्न थालेपछि उपचारको बहाना बनाएर परिवारसहित सञ्चालक भारत महर्जन बेलायत पलायन भएका हुन् । २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारी शुरु भएको […]


‘सरकारले सहकारीलाई कानूनी रुपमा सहजीकरण गर्नुपर्छ’

बैंकिङ खबर/प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले सहकारीको विकास र प्रवद्र्धनका लागि कानूनी रुपमा सहजीकरण गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघ नेपालले १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार ललितपुरमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले कसैको निहित इच्छापूर्तिका लागि होइन, सहकारीको उद्देश्य हासिल गर्न नेपाली सहकारीकर्मीहरु लाग्नुपर्ने बताए । सभामुख घिमिरेले समाज परिवर्तनका लागि […]