दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ७० करोडको कारोबार

बैंकिङ खबर/साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से १९.१२ अंकले वृद्धि हुँदा २८४३.अंकमा बन्द भएको हो । यसअघि बुधबार २८२३.८८ अंकमा बन्द भएको नेप्से ‘प्रि–ओपन’ सेसनमा करिब १० अंकले बढेर २८३३.५६ अंकमा खुलेको थियो । कारोबार अवधिभर बजारमा उतार–चढाव देखिँदा ‘इन्ट्रा–डे’ कारोबार २८६७.२५ अंकसम्म पुगेको […]


मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्ला

बैंकिङ खबर/मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बिहीबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये […]


असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरे फ्रिज

बैंकिङ खबर/असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरे खाता फ्रिज हुने भएको छ । अहिले निक्षेप सदस्यहरुले धमाधम सूचना जारी गर्दै असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्न आग्रह गरिरहेका छन् । प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ । वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुले यस्तो खाता नवीकरण गरिदिने गरेका छन् […]


नागरिक लगानी कोषले एक प्रतिशत थप प्रतिफल दिने

बैंकिङ खबर/नागरिक लगानी कोषले कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको सञ्चित नाफाबाट एक प्रतिशत थप प्रतिफल दिने घोषणा गरेको छ । अवकाश कोष सञ्चालन कार्यविधि,२०५९ अनुसार २०७७ असार मसान्तसम्मका उक्त कोषमा सहभागीको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने तथा त्यसका लागि रु एक अर्ब तीन करोड विनियोजन गरिएको कोषले जनाएको […]


झन्डै ५० अङ्कले घट्यो नेप्से, ६ अर्ब ७२ करोडकाे कारोबार

बैंकिङ खबर/ साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार परिसूचक नेप्से झन्डै ५० अङ्कले घटेको छ । माइक्रो–फाइनान्सबाहेक सबै समूहको शेयर घटेपछि नेप्से ४७ दशमलव ४९ अङ्कले घटेर दुई हजार आठ सय २८ विन्दुमा झरेको हो । बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, विकास बैंक समूहको एक सय ६७ अङ्कले, व्यापारको साढे ४७ र जलविद्युत् […]


राष्ट्र उत्थान लघुवित्तले आईपीओ निष्काशन गर्ने

बैंकिङ खबर/राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरको ८ लाख २० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको संस्थाले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धि सम्झौतामा राष्ट्र उत्थान […]


सेयर बजार सामान्य बढ्याे, सात अर्ब ७२ करोड मात्रै कारोबार

बैंकिङ खबर/ साताको दोस्रो दिन सेयर बजार सामान्य  वृद्धि भएकाे छ ।  नेप्से  पाँच दशमलव ११ अङ्कले बढेर दुई हजार आठ सय ७५ दशमलव ४९ विन्दुमा पुगेको छ । आइतबार नेप्से २७ अङ्कभन्दा धेरैले बढेको थियो ।  साेमबार माइक्रोफाइनान्स समूहको शेयर सबैभन्दा धेरै एक सय ११ दशमलव चार अङ्कले बढेको छ । त्यस्तै होटल तथा […]


नबिल इन्भेष्टमेन्टको नयाँ खाता योजना

बैंकिङ खबर/ नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ता लक्षित गरी नयाँ खाता योजना ल्याएको छ । कम्पनीले चालु आर्थिक वर्षको असार मसान्तसम्मको लागि निःशुल्क अनलाइन डिम्याट तथा मेरोसेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको हो । प्राथमिक सेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्कासनमा लगानी गर्न […]


नेप्सेमा दोहोरो अंकको वृद्धि, बैंकिङ र हाइड्रोमा आकर्षण

बैंकिङ खबर/सेयर बजार परिसूचक नेप्से यो साताको पहिलो कारोबार दिनमा नै दोहोरो अङ्कले बढेको छ । साताको पहिलो कारोबार दिन आइतरबार बजार परिसूचक नेप्से २७.३८ प्रतिशतले बढेर २८७०.३८ अङ्कमा बन्द भएको छ ।  गत बिहीबार २८४३ अङ्कमा बन्द भएको नेप्से आज ०.९६ प्रतिशतले बढेको छ । आज बजारमा २ करोड कित्ताभन्दा माथि सेयर किनबेच हुँदा […]


आरविवि म्यूचुअल फण्ड १ लाई अनुमति

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले आरविवि म्यूचुअल फण्ड १ लाई अनुमति दिएको छ । कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्र्तगत संचालन हुने बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजनालार्ई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिइएको हो […]