वैशाखमा फेरि व्याजदर बढ्ने संकेत !

बैंकिङ खबर/ चैतमा नबढेको व्याजदर वैशाखामा बढ्ने संकेत देखिएको छ । यसअघि नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले फागुनका लागि तोकेको ब्याज दरलाई नै चैतमा निरन्तरता दिने निर्णय गरेको थियो । चौतर्फी रुपमा ब्याज वृद्धिको विरोधपछि संघले पुरानै ब्याजलाई निरन्तरता दिने निर्णय गरेको हो । यसअघि फागुनमा साधारण मुद्दतीको अधिकतम ब्याज ११.०३ प्रतिशत र संस्थागत मुद्दती […]


भारतमा कैदीबन्दीलाई बिनाधितो ऋण !

बैंकिङ खबर/ भारतमा कारागारमा रहेका कैदीबन्दीलाई व्यक्तिगत ऋण दिइने भएको छ । भारतको महाराष्ट्र सरकारले कारागारमा रहेका कैदीबन्दीहरुलाई ५० हजार रुपैयाँसम्मको व्यक्तिगत ऋण दिने निर्णय गरेको हो। कैदीहरुलाई ऋण दिन यो देशमै पहिलो भएको अधिकारीहरुको दाबी छ। कारागारमा गरेको कामको बदलामा कैदीबन्दीहरुलाई यो ऋण दिइनेछ। राज्यका गृहमन्त्री दिलीप वाल्से पाटिलले ऋणका लागि महाराष्ट्र राज्य सहकारी […]


बैंकिङ कसुर लाग्नबाट कसरी बच्ने ? जान्नुहोस् १५ उपायहरु

बैंकिङ खबर/ बैंक तथा वित्तीय क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यासजस्तै नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्ने केन्द्रीय बैंक छ । उसले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्न आफैँ त्यससम्बन्धी कानुनसमेत तयार गर्छ । बैंक तथा वित्तीय संस्थाहरुले के गर्न हुने, के गर्न नहुने बाध्यकारी नियम बनाउँछ र कार्यान्वयन गराउँछ । बैंकिङ कसुर तथा […]


सिराहाको विकट बस्ती बरियारपट्टीमा पुग्यो – वित्तीय जागरण : राष्ट्रिय अभियान

बैंकिङ खबर/ वित्तीय जागरण राष्ट्रिय अभियानले मधेश प्रदेशमा रहेको विकट ठाउँ मानिने सिरहको बरियारपट्टी गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकले यो सातालाई ‘ग्लोबल मनि विक’को रुपमा मनाइ रहँदा वित्तीय जागरण राष्ट्रिय अभियानले पनि विशेष कार्यक्रम सम्पन्न गरेको हो । ग्रामीण अर्थतन्त्रलाई मध्येनजर गर्दै सीमा नाका नजिकै रहेको बरियारपट्टी […]


सन्सारकै महंगा बैंकर्स जेमी डिमन, यस्तो छ उनको रोचक जीवनी

बैंकिङ खबर । ३१ डिसेम्बर २००५ देखि जेपी मोर्गन चेजका सीईओ रहेका जेमी डिमन संसारकै सबैभन्दा धेरै पारिश्रमिक लिने बैंकर हुन् । उनको तलब हाल वार्षिक १‍‍.५ मिलियन अमेरिकी डलर रहेको छ भने उनले ५ मिलियन क्यास बाेनस पाउँछन् ।  ३१ डिसेम्बर २००६ देखि जेपी मोर्गन चेजको संचालक समितिका अध्यक्ष समेत रहिआएका डिमन जेपी मोर्गन […]


पुनरकर्जाको ब्याजदर बढ्यो(पूर्णपाठसहित)

बैंकिङ खबर/ पुनरकर्जाको ब्याजदर बढेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षामा पुनरकर्जाको ब्याजदर बढाउने घोषणा गरेको थियो । ५ प्रतिशत ब्याजदरमा दिइरहेको पुनरकर्जालाई राष्ट्र बैंकले ७ प्रतिशत बनाउने घोषणा मौद्रिक नीतिको मध्यावधी समीक्षामा गरेको थियो । राष्ट्र बैंकले पुनरकर्जा बढाउने नीति कार्यान्वयन गर्नको लागि पुनरकर्जा कार्यविधि २०७७ मा संशोधन गर्दै ब्याजदर बढाएको थियो […]


स्थानीय तह निर्वाचनः चुनावी खर्च बैंकिङ प्रणालीबाट

बैंकिङ खबर/ स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले गर्ने चुनावी खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले बिहीबार आचार संहिता जारी गर्दै सो जानकारी गराएको हो । महानगरको मेयरका उम्मेदवारले साढे ७ लाख खर्च गर्न पाउनेछन् । निर्वाचन आचार संहिताअनुसार चुनावमा गरिने खर्चका लागि उम्मेदवारहरुले बैंक तथा वित्तिय संस्थामा खाता खोल्नुपर्नेछ । खर्च गर्ने जिम्मेवार […]


तरलता व्यवस्थापनमा आन्तरिक ऋणको चाप !

बैंकिङ खबर/ तरलता व्यवस्थापनमा आन्तरिक ऋणको चाप पर्ने देखिएको छ । सुधार हुँदै गइरहेको निक्षेपमा सरकारले बैंकिङ प्रणालीबाट ५ अर्ब खिच्दै गर्दा पुनः दबाब सिर्जना हुने देखिएको हो । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो समय निक्षेप संकलनमा सुधार आइरहेको छ । संघका अनुसार माघ अन्तिममा वाणिज्य बैंकहरुमा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप मौज्दात रहँदा […]


मोवाईल बैंकिङको स्वरुप लिँदै मोवाइल वालेट : संख्यामा तिब्रता, मर्जरको आवश्यकता !

बैंकिङ खबर व्यूरो रिपोर्ट / पछिल्लो समय मोवाइल वालेट कम्पनीको संख्यामा वृद्धि हुँदै गइरहेको छ । मोबाइल वलेट मोबाइल बैंकिङकै रुपमा पछिल्लो समय नेपाल भित्रिएको एक प्रविधिका रुपमा लिन सकिन्छ । नेपाल राष्ट्र बैंकको अनुमतिमा आईएमई पे, प्रभु पे, इसेवा, खल्ती लगायतका वालेट कम्पनीहरुले सेवा दिइरहेका छन् । भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को विनियम […]


विद्युतीय भुक्तानीमा उल्लेख्य वृद्धि, क्यू आरकोडमार्फत छ अर्ब बढीको भुक्तानी

बैंकिङ खबर/ पछिल्लो समय विद्युतीय भुक्तानी गर्नेको संख्यमा उल्लेख्य वृद्धि भएको छ । दैनिक उपभोग्य वस्तुदेखि हरेक क्षेत्रमा सहजरुपमा विद्युतीय भुक्तानी गर्न सकिने भएपछि कारोबारको मात्रामा वृद्धि भएको हो । सर्वसुलभरुपमा उपलब्ध भएको क्यूआर कोड भुक्तानीका कारण नागरिकको जीवनसमेत सहज भएको छ । नगद नै नभएपनि दैनिक जीवनयापन गर्न सकिने भएकाले पनि विद्युतीय भुक्तानीका विभिन्न […]