आइएमई र एनसेलबीच सम्झौता

बैंकिङ खबर/ एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन् । आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको हो । आइएमई पे र एनसेलले यस योजनाका लागि […]


स्रोत नखुलेको ७२ लाखसहित एक जना पक्राउ

बैंकिङ खबर/ स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित भैरहवाका एक युवा पक्राउ परेका हुन् । सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली प्रहरीले गरेको संयुक्त चेकजाँचमा सिद्धार्थनगर नगरपालिका दयापथ […]


शाखा विस्तारमा अब्बल नबिल बैंकः एकै दिन ८ ठाउँमा शाखा विस्तार

बैंकिङ खबर/ नबिल बैंकले एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो । उपत्यका भित्रका शाखाहरुमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितीका अध्यक्ष उपेन्द्र पौडेल तथा नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त […]


बेष्ट फाइनान्सद्वारा विद्यालयलाई स्मार्ट टिभी सहयोग

बैंकिङ खबर/ बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बाल कल्याण आधारभूत विद्यालय, बालाजुलाई ३२ इन्चको स्मार्ट टिभी सहयोग गरेको छ । फाइनान्सको गोङ्गबु शाखाले सिएसआर कार्यक्रम अन्तर्गत विद्यालयलाइ सो टिभि हस्तान्तरण गरेको जनाएको छ । फाइनान्सको गोङ्गबु शाखाका प्रबन्धक प्रीति बस्नेतका अनुसार उक्त बिधालयलाई बैकको तर्फबाट स्मार्ट टिभीको साथमा स्टेशनरी सामाग्री समेत हस्तान्तरण गरिएको थियो । फाइनान्सले […]


झन्–झन् सहज बन्दै एनआईसी एशिया बैंकः भिडिओबाटै केवाईसी विवरण अद्यावधिक

बैंकिङ खबर/    कुनै पनि कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी अर्थात् नो योर कस्टुमर भनिन्छ । बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रियाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमि लगायतका विषयमा जानकारी संकलन गर्दछ । ग्राहकले कुनै पनि खाता खोल्नुभन्दा अघि बैंकले यो प्रक्रिया अपनाउने गर्दछ […]


बैंकिङ कसुर मुद्दाः ४ दिन कैद तोकिएका व्यक्ति पक्राउ

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले पाँच लाख ६० हजार रूपैयाँ जरिवाना तथा ४ दिन कैद तोकी फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–१ घर भइ हाल काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने वर्ष २८ का राजिव कँडेल रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष […]


महालक्ष्मी विकास बैंकद्वारा नवराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति वितरण

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकले कैलालीको धनगढीस्थित श्री त्रिनगर माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्यनरत छात्रा हीरा जोशीलाई नवराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ। विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नवराजबहादुर सिंहको स्मृतिमा स्थापित नवराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति धनगढी शाखाका शाखा प्रमुख […]


सिन्धु विकास बैंक १३ औं वर्षमा

बैंकिङ खबर/ सिन्धु विकास बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । बैंकले भदौ १९ गतेदेखि भदौ २४ गतेसम्म विभिन्न कार्यक्रमहरु गरी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको हो । आफ्नो १३ औं वार्षिकोत्सव यहि भाद्र १९ गते देखि भाद्र २४ गते सम्म सप्ताह ब्यापी रुपममा बिभिन्न कार्यक्रमहरु गरी मनाएको छ । बैंकले […]


दुर्गम गाउँमा पुग्यो इन्भेष्टमेन्ट बैंक, स्थानीयमा छायो खुसी

बैंकिङ खबर/ कालिकोटको तिलागुफा नगरपालिका चिल्खायाको ठिन्केमा शाखारहित बैंकिङ सेवा शुरु भएको छ । बैंकिङ सेवा लिन नगरपालिकाको केन्द्र गाल्जे जाँदा घण्टौं पैदल बाटो हिँड्नुपर्ने, सेवाग्राहीको चापका कारण लाइन बस्नुपर्ने, कहिलेकाहीं नेटमा खराबी हुँदा काम नहुनेजस्ता समस्याहरू खेप्दै आएका तिलागुफा नगरपालिका–९, १० र ११ वडाका नागरिकहरूलाई पायक पर्ने गरी चिल्खायाको ठिन्केमा बैंकिङ सेवा शुरु भएको […]


आइएमई दसैँ अफर : दैनिक र साप्ताहिक गरि नौ विजेता छनोट

बैंकिङ खबर/ दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ । काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक […]