
बैंकिङ खबर/ स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित भैरहवाका एक युवा पक्राउ परेका हुन् ।
सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली प्रहरीले गरेको संयुक्त चेकजाँचमा सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारको साथबाट नेपाली रुपैयाँ ७२ लाख ८० हजार बरामद गरेको सुनौली प्रहरी चौकीले जनाएको छ ।


