Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुर मुद्दाः ४ दिन कैद तोकिएका व्यक्ति पक्राउ

२०७९ भाद्र २६ गते

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले पाँच लाख ६० हजार रूपैयाँ जरिवाना तथा ४ दिन कैद तोकी फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–१ घर भइ हाल काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने वर्ष २८ का राजिव कँडेल रहेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष अनुसन्धान टोलीले बाफलबाट पक्राउ गरेको हो। कँडेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।