September 11th, 2022

झन्–झन् सहज बन्दै एनआईसी एशिया बैंकः भिडिओबाटै केवाईसी विवरण अद्यावधिक

बैंकिङ खबर/ 

 

कुनै पनि कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी अर्थात् नो योर कस्टुमर भनिन्छ । बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रियाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमि लगायतका विषयमा जानकारी संकलन गर्दछ । ग्राहकले कुनै पनि खाता खोल्नुभन्दा अघि बैंकले यो प्रक्रिया अपनाउने गर्दछ ।

बैंकहरुले आवश्यकताअनुसार, यसको प्रक्रियामा परिमार्जन गर्ने गर्दछन् । सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, चोरी, ठगी लगायतका वित्तीय अपराध रोक्नका लागि केवाईसी को अवधारणा ल्याइएको हो । केवाईसीले कुनै पनि बैंक तथा वित्तीय संस्थालाई अपराधिक क्रियाकलापमा प्रयोग हुनबाट जोगाउँछ ।

केवाईसी अन्तर्गत कसैले कालोधन जम्मा गर्नका लागि अथवा भ्रष्टाचार गरेको पैसा लुकाउनका लागि बैंकको प्रयोग नगरोस भनेर बैंकमा पैसा जम्मा गर्न आउने ग्राहकको पृष्ठभूमिदेखि लिएर हरेक कुराको जाँच गरिन्छ । त्यसैले, केवाईसीले बैंकको सुरक्षामा मद्धत गर्छ । त्यस्तै, ग्राहक तथा अन्य वित्तीय साझेदारसँगको सम्बन्ध मजबुँद बनाउनका लागि समेत केवाईसी सहयोगी बन्दै आएको छ ।

यसरी सहयोगी बन्दै आएको केवाईसीका लागि नेपालको अग्रहणी बैंकको रुपमा रहेको एनआईसी एशिया बैंकले यसलाई थप सहज बनाउँदै लगेको छ ।

एनआईसी एशियाले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने ‘भिडिओ केवाईसी’ सेवा उपलब्ध गराएको छ ।  बैंकमा अनलाइन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकहरुले भिडिओ कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकको वेबसाइट मार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकहरुलाई केवाईसी विवरण सम्बन्धमा दुइ विकल्प राखिएको छ। जसमा, ग्राहकले आफ्नो केवाईसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्बन्धित बैंक कर्मचारीसँग भिडिओ कल गरि उक्त कलमार्फत केवाईसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको छ।

यदि भी–केवाईसी मार्फत आफ्नो केवाईसी जानकारी सम्बन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्बन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरि भिडिओ कलमार्फत आफ्नो केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् वा बैंकिङ्ग समयमा भी–केवाईसीको भिडिओ कलको लागि अपोइन्टमेन्ट बुक गरि सो समयमा केवाईसी विवरण अद्यावधिक गर्नुपर्ने छ।

ग्राहकहरुले भी केवाईसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकतारपासपोर्टरड्राइभिङ लाइसेन्सरभोटर कार्ड) तथा सेतो कागज र कालोरनिलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडिओ कलमार्फत देखाउनु पर्ने हुन्छ।  भिडिओ केवाईसी मार्फत केवाईसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकहरुले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन्।

भिडियो के वाईसीमार्फत आफ्ना विवरणहरु अद्यावधिक गरि बढि भन्दा बढि लाभ ग्रहण गर्न बैंकले समस्त ग्राहकवर्गमा हार्दिक अनुरोध गरेको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।

जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]