भारतको केन्द्रीय बैंकले रिपोदर यथावत राख्यो, ६.५% को आर्थिक वृद्धि लक्ष्य

बैंकिङ खबर/ भारतीय रिजर्भ बैंक (आरबीआई)ले ब्याजदर स्थिर राख्ने प्रयासस्वरुप हालको रिपो दरलाई यथावत राख्ने निर्णय गरेको छ । बैंकको मौद्रिक नीति कमिटी (एमपीसी)ले बिहीबार हालको ६.५ प्रतिशत रिपो दर यथावत राख्ने निर्णय गरेको हो । लगातार ३ दिनसम्म बसेको एमपीसी बैठकले रिपो दर यथावत राख्ने निर्णय गरेको गभर्नर शक्तिकान्त दासले बताएका छन् । केन्द्रीय […]


अमेरिकामा ब्याजदर २२ वर्ष यताकै उच्च

बैंकिङ खबर/ अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि ब्याजदर बढाएको छ । फेडले २५ आधार अंकले ब्याजदर बढाएको हो। यससँगै बेन्चमार्क ओभरनाइट ब्याजदर ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको रेञ्जमा पुगेको छ। यो २००१ यताकै उच्च हो। अमेरिकी केन्द्रीय बैंकले मुद्रास्फीति बढेको भन्दै ब्याजदर बढाएको बताएको छ। साथै बैंकले ब्याजदर अझै बढ्न सक्ने संकेत पनि गरेको छ। […]


भारतमा बिग मर्जरः विश्वकै सातौँ ठूलो बैंक बन्यो एचडीएफसी

बैंकिङ खबर/ भारतमा निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एचडीएफसीले एचडीएफसी लिमिटेडसँग मर्जर गरेको छ । मर्जरसँगै १०० अर्ब डलरको बजार पुँजीकरण भएको कम्पनीहरुको क्लबमा सामेल भएर विश्वकै सातौँ ठूलो बैंक बन्न सफल भएको छ । सोमबार बैंकको बजार पुँजीकरण १५० अर्ब डलर नाघेको छ । यो बैंकभन्दा अगाडि मोर्गन स्टेनली, गोल्डम्यान साक्स र बैंक अफ […]


अष्ट्रेलिया केन्द्रीय बैंकको गभर्नरमा पहिलोपटक महिला नियुक्त हुँदै

बैंकिङ खबर/अष्ट्रेलिया केन्द्रीय बैंकमा पहिलोपटक महिला गभर्नर नियुक्त हुने भएकी छिन्। रिजर्भ बैंक अफ अष्ट्रेलियालाई नेतृत्व दिन मिसेल बुलकलाई जिम्मेवारी दिइने बैंकले जनाएको छ । सात वर्षको कार्यकाल पूरा गरी बाहिरिन लागेका फिलिप लोइको ठाउँमा मिसेललाई ल्याउन लागिएको हो । सन् १९६० मा स्थापना भएको बैंकमा अहिलेसम्म महिलाले प्रमुखको जिम्मेवारी पाएका थिएनन्। अष्ट्रेलियामा आर्थिक संकट […]


एडिबीद्वारा बंगलादेशलाई ३० करोड अमेरिकी डलर ऋण स्वीकृत

बैंकिङ खबर/ एसियाली विकास बैंक (एडिबी) ले बंगलादेशका ८८ वटा नगरपालिकाको जीवनस्तर उकास्न एकीकृत र दिगो सहरी विकास हासिल गर्न ३० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको जनाएको छ । मनिलास्थित बैंकले ‘सहरी सुशासन र पूर्वाधारमा सुधार’ कार्यक्रमको उद्देश्य सहरी प्रशासनलाई सुदृढ पार्नु र नगरपालिका सेवाहरूको सुधारिएको सेवा वितरणका लागि पूँजी लगानी प्रदान गर्नु रहेको […]


साउदी अरबले पाकिस्तानको केन्द्रीय बैंकलाई पठायो दुई अर्ब डलर

बैंकिङ खबर/ साउदी अरेबियाले पाकिस्तानको केन्द्रीय बैंकलाई दुई अर्ब डलर रकम पठाएको छ । पाकिस्तानका अर्थमन्त्रीले साउदी अरबबाट ऋण र अनुदान गरेर दुई अर्ब डलर प्राप्त भएको जानकारी दिएका बीबीसी हिन्दीले जनाएको छ । संकटमा परेको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट बेलआउट प्याकेज पाएपछि साउदीबाट दोस्रो ठूलो राहत पाएको हो । गएको महिनाको अन्तिम […]


श्रीलंकालाई विश्व बैंकको २५ करोड अमेरिकी डलर सहयोग

बैंकिङ खबर/विश्व बैंकले श्रीलंकालाई २५ करोड अमेरिकी डलर बजेट सहयोग गरेको छ। श्रीलंकाका अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले मङ्गलबार विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त भएको बताएका छन्। कोलम्बोमा पत्रकारहरूसँग कुरा गर्दै सेमासिंघेले विश्व बैंकले श्रीलंकाका लागि बजेट र कल्याणकारी सहयोगका रूपमा जुन महिनामा ७० करोड डलर स्वीकृत गरेको बताएका छन्। सो रकममध्ये […]


भारतीय बैंकहरुकाे खराब कर्जा १० वर्षयताकै न्यून

बैंकिङ खबर/भारतीय रिजर्भ बैंक (आरबीआई)का अनुसार देशमा सञ्चालित बैंकहरुको खराब कर्जा (एनपीए) १० वर्षयताकै न्यून स्तरमा झरेको छ । आरबीआईका अनुसार हाल बैंकहरुको एनपीए ३.९ प्रतिशतमा झरेको छ । एनपीए सुधार हुँदै ३.६ प्रतिशतसम्म आउन सक्ने आरबीआईको अनुमान छ। आरबीआई गभर्नर शक्तिकान्त दासले एउटा प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा कम्पनीहरु वित्तीय अवस्था सुदृढ भएको जानकारी […]


भारतमा २ हजारका २४ खर्ब १० अर्बभन्दा बढी नोट फिर्ता

बैंकिङ खबर/ भारतमा एक महिनाको अवधिमा कुल ३६ खर्ब २० अर्ब रुपैयाँमध्ये दुई तिहाईभन्दा बढी अर्थात् २४ खर्ब १० अर्बभन्दा बढी नोट फिर्ता भएको छ। भारतीय रिजर्भ बैंक (आरबिआई) का गभर्नर शक्तिकान्त दासका अनुसार २००० रुपैयाँको नोट फिर्ता गर्नुले अर्थव्यवस्थामा कुनै प्रतिकुल प्रभाव परेका छैन । केन्द्रीय बैंकले १९ मे का दिन अचानक २००० रुपियाँको […]


श्रीलंकाको मुद्रास्फीति २२.१ प्रतिशतमा झर्यो

बैंकिङ खबर/श्रीलंकाको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको छ । राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित श्रीलङ्काको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको जनगणना तथा तथ्यांक विभागले सार्वजनिक गरेको छ । एनसीपीआईका अनुसार अप्रिलको मुद्रास्फीति ३३.६ प्रतिशत थियो । खाद्य श्रेणीको मुद्रास्फीति अप्रिलमा २७.१ प्रतिशतको तुलनामा मे महिनामा १५.८ प्रतिशतमा झरेको छ । गैर–खाद्य समूहको मुद्रास्फीति वैशाखमा ३९.० प्रतिशतबाट घटेर […]