ब्याजदर यथावत राख्ने फेडको निर्णय

बैंकिङ खबर/ अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले ब्याजदर यथावत राख्ने निर्णय गरेको छ । अमेरिकी फेडले ब्याजदर ५.२५ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको छ । यद्यपि, फेडले मुद्रास्फीतिलाई ध्यानमा राख्दै थप वृद्धिलाई अस्वीकार भने गरेको छैन । यसअघि फेडले निरन्तर १० पटक ब्याजदर बढाएको थियो, जसका कारण सन् २००७ पछि ब्याजदर रेकर्ड हाई […]


महँगी : भारतमा ३.४८ प्रतिशत हुँदा नेपालमा ७.४१ प्रतिशत

  बैंकिङ खबर/ देशका अन्य स्थानको तुलनामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै महंगी बढेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ७.६८ प्रतिशतको मूल्यवृद्धि देखिएको हो । सो अवधिमा तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको […]


भारतको जीडीपी ३.७५ ट्रिलियन डलर

बैंकिङ खबर/भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२३ मा ३.७५ ट्रिलियन डलर पुगेको छ। योसँगै भारत विश्वको पाँचौ ठूलो अर्थतन्त्र भएको छ। केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले संघर्षरत विश्व अर्थतन्त्रमा भारत ‘ब्राइट स्पट’ भएको बताएकी छन्। सन् २०१४ मा करिब २ ट्रिलियन डलर रहेको भारतको जीडीपी यो वर्ष लगभग दोब्बरले बढेको देखिन्छ। आफूलाई करिब २०० वर्षसम्म […]


भारतीय केन्द्रीय बैंकले ब्याजदर नबढाउने

बैंकिङ खबर/भारतिय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआइ) ले ब्याजदर नबढाउने निर्णय गरेको छ । बिहीबार मौद्रिक नीति समितिले रिपो रेट यथावत राख्ने निर्णय गरेको हो। आरबीआइको रिपो रेट ६.५ प्रतिशत छ। सन् २०२२ मेदेखि आरविआइले रिपो रेट बढाउदै आएको थियो भने यसअघिको मौद्रिक नीति समितिको बैठकले पनि रिपोरेट नबढाउने निर्णय गरेको थियो। आरविआइले […]


श्रीलंकामा तीन वर्षपछि पहिलो पटक घट्यो ब्याजदर

बैंकिङ खबर/ श्रीलंकाले तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा गरेको छ । श्रीलंकाको केन्द्रीय बैंकले निर्णायक  ब्याजदरलाई २ दशमलव ५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको छ । गएको महिना मुद्रास्फीति घटेर २५ दशमलव २ प्रतिशतमा झरेको तथ्यांकले देखाएपछि ब्याजदरमा कटौती गरिएको समाचार संस्था एएफपीले जनाएको छ । अघिल्लो महिनाको तुलनामा मुद्रास्फीति झण्डै १० […]


बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून

बैंकिङ खबर/बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्यांकले बुधबार सार्वजनिक गरेको छ । मूल्य वृद्धिको दर मार्चमा १०.१ प्रतिशतबाट घटेर गत वर्षको अगष्टपछि पहिलो पटक मुद्रास्फीति १० प्रतिशतभन्दा तल झरेको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)ले जनाएको छ । […]


भारतमा २ हजारका नोट सटही शुरु

बैंकिङ खबर/भारतमा आजदेखि २ हजार दरका नोट सटही गर्न शुरु भएको छ । भारतीय रिजर्भ बैंकले २ हजार दरका नोट फिर्ता लिने घोषणा गर्दा मे २३ देखि सेप्टेम्बर ३० सम्म बैंकमा जम्मा गर्न सकिने जनाएको थियो। यसबाहेक २ हजार दरका नोट भारतका जुनसुकै बैंकमा गएर सटही गर्न सकिने सुविधा पनि दिइएको छ। एक पटकमा केवल […]


अर्जेन्टिनामा ६ प्रतिशतले बढ्यो ब्याजदरः मुद्रास्फीति ९७ प्रतिशत

  बैंकिङ खबर/ सेन्ट्रल बैंक अफ अर्जेन्टिनाले बढ्दो मुद्रास्फीतिको सामना गर्न ६ प्रतिशत ब्याजदर बढाएको छ । योसँगै अर्जेन्टिनाको मुद्रास्फीति ९७ प्रतिशत पुगेको छ । यो ३० वर्षकै सर्वाधिक उच्च हो । विश्वका केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न संघर्ष गरिरहेका छन् । तर, अर्जेन्टिनामा यो विशेष खालको समस्या भएको बताइएको छ । त्यहाँ वार्षिक मुद्रास्फीति दर गत महिनाको तुलनामा १०० […]


२ हजार रुपैयाँको नोट नचलाउने भारत सरकारको निर्णय

बैंकिङ खबर/ भारत सरकारले २ हजार रुपैयाँको नोट नचलाउने निर्णय गरेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको हो । बजारमा चलनचल्तीमा रहेका २ हजार रुपैयाँका नोट भने प्रयोगमा भने रोक लगाइएको छैन । सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले १ हजार र […]


नेपालको व्यापार वृद्धिका लागि एडिबीको तीस करोड डलर

बैंकिङ खबर/एशियाली विकास बैंक (एडिबी)ले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति उक्त रकम ऋण उपलव्ध गराउने निर्णय भएको हो । दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग करिडोरको हिस्साको रुपमा पूर्वपश्चिम राजमार्ग नजिक सडक […]