कतारमा ५० हजार रियालभन्दा माथिको कारोबार बैंक ट्रान्सफरबाट मात्र भुक्तानी

  बैंकिङ खबर/ कतारले ५० हजार कतारी रियालभन्दा माथिको नगद कारोबारमा प्रतिबन्ध लगाएको छ । कतार केन्द्रीय बैंकले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमार्फत सरकारको यो निर्णयको जानकारी दिएको हो । उक्त ट्विटमा क्यूसीबीले मन्त्रिपरिषद्को निर्णयअनुसार ५० हजार कतारी रियालभन्दा बढीको नगद धेरै प्रकारका कारोबारमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको जनाएको छ। । अब कतारमा ५० हजार रियालभन्दा […]


मुद्रास्फीतिलाई नियन्त्रण गर्न जिम्बावेमा दैनिक लेनदेनमा सुनको सिक्का प्रयोग

बैंकिङ खबर/ जिम्बावेमा दैनिक लेनदेनमा सुनको सिक्का प्रयोग हुन थालेको छ । गत सोमबारदेखि जिम्बावेको रिजर्भ बैंकले देशको कमजोर गएको मुद्रालाई बलियो बनाउने उदेश्यसहित सुनको सिक्काको प्रयोग गर्न थालेको हो । जिम्बावेको रिजर्ब बैंकका गभर्नर जोन मंगुड्याकाअनुसार पसलहरूमा खरिदका लागि पनि सुनका सिक्का प्रयोग गर्न सकिनेछ । कुनै पनि व्यक्ति वा कम्पनीले जिम्बावेका बैंकहरू जस्ता […]


अमेरिकाको मुद्रास्फीति उच्च विन्दुमा, फेरि बढ्यो ब्याजदर

बैंकिङ खबर/ अमेरिकाको मुद्रास्फीति ४० वर्षकै उच्च विन्दुमा पुगेको छ। बढ्दो महँगीलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि ब्याजदर वृद्धि गरेको छ। बैंकले लगातार दोस्रोपटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको हो। अमेरिकामा संघीय कोषको लक्ष्य कर्जा दर अर्थात् केन्द्रीय बैंकबाट स्वदेशी बैंकले लिने दरलाई २.२५ प्रतिशतबाट २.५ प्रतिशतमा पुर्याइएको छ। अमेरिकाको केन्द्रीय बैंकले अर्थतन्त्रमा […]


बैंकिङ प्रणालीमा संकट आउन सक्ने आईएमएफको चेतावनी

बैंकिङ खबर/ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आगामी दिनमा बैंकिङ प्रणालीमा संकट आउन सक्ने चेतावनी दिएको छ । बुधबार सार्वजनिक गरेको ग्लोबल इकोनमिक आउटलुकमा आगामी दिनमा अर्थतन्त्रको अवस्था थप धरासायी हुने जनाएको छ । यस्तै आईएमएफले मौद्रिक नीतिमा गरिएको कडाइले ब्याजदर बढेकाले तत्काल हेर्दा बैंक तथा वित्तीय संस्थाको आम्दानी बढे पनि आगामी दिनमा कर्जा लिनेको […]


सन् २०२३ मा विश्वमा आर्थिक मन्दीः आईएमएफ

बैंकिङ खबर/अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा विश्वभर आर्थिक मन्दी हुने प्रक्षेपण गरेको छ । आईएमएफले प्रकाशित गरेको वर्ल्ड इकोनोमिक आउटलुक अपडेट–२०२२ मा विश्वको आर्थिक वृद्धिदर सन् २०२२ मा ३.२ हुने र सन् २०२३ मा घटेर २.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । यसअघि सन् २०२१ मा ६।१ प्रतिशतको आर्थिक वृद्धिदर थियो । […]


हङकङमा ब्याजदर बढ्ने

बैंकिङ खबर/ हङकङका पनि ब्याजदर बढ्ने भएको छ । वित्तमन्त्री पाउल चानले ब्याजदर बढाउनुको विकल्प नभएको बताउनुभएको छ । उहाँले अहिलेको अवस्थामा ब्याजदर बढाइए पनि त्यसले सम्पत्ति बजारमा भने कुनै किसिमको असर भने नपार्ने बताउनुभएको छ । साउथ चाइना मर्निङ पोस्टसँगको कुराकानीमा उहाँले हङकङको ब्याजदरको निर्णय अमेरिकी केन्द्रीय बैंकअनुसार हुनु जरुरी नरहेको बताउनुभयो । पछिल्लो […]


खुम्चिँदै भारतको अर्थतन्त्र, विदेशी मुद्राको सञ्चिति १५ महिनाकै न्यून

बैंकिङ खबर/ गहिरो आर्थिक संकटमा फसिरहेको श्रीलंकापछि भारत पनि आर्थिक संकटको दिशातिर गइरहेको संकेत देखिन्छ । भारतमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको छ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले जारी गरेको तथ्यांक अनुसार  विदेशी मुद्रा सञ्चिति ५८०.२५२ अर्ब डलरमा झरेको छ। यो विगत १५ महिनायताकै न्यून हो । आरबीआईको साप्ताहिक तथ्यांक […]


आर्थिक संकटको बाटोतिर यी १३ देश, विदेशी मुद्राको सञ्चिती निरन्तर घट्दो !

बैंकिङ खबर । यतिबेला श्रीलंका गहिरो आर्थिक संकटको भूमरीमा फसेको छ । श्रीलंकाको इतिहासमै यो आर्थिक संकट ७३ वर्षपछिको सबैभन्दा ठूलो हो । सर्वसाधारण नागरिकको जनजीवन थप दिन–प्रतिदिन कष्टकर बन्दै गएको छ । अहिले श्रीलङ्कामा सङ्कटकाल लागू भएको छ । कार्यवाहक राष्ट्रपति रनिल बिक्रमासिङ्गेले सङ्कटकालको घोषणा गर्नुभएको छ । उहाँले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा […]


रुसले क्रिप्टोकरेन्सीमा लगायो पूर्णप्रतिबन्ध

बैंकिङ खबर/ रुसले डिजिटल एसेट्सबाट भुक्तानी गर्न पूर्णप्रतिबन्ध लगाएको छ। रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उक्त कानूनमा हस्ताक्षर गर्दै डिजिटल एसेट्स र डिजिटल राइट्सलाई मुद्राको मान्यता नदिने घोषणा गरेका छन्। जसका कारण त्यसलाई वस्तु वा सेवा खरिदमा भुक्तानी गर्न प्रतिबन्ध लगाइएको छ। रुसले रुबललाई मात्रै आधिकारिक र वैध मुद्राको मान्यता दिँदै अन्य सबै मुद्रा रसियाभित्र नचल्ने […]


श्रीलंका संकट : अन्ततः देश नै छाडेर भागे राष्ट्रपति !

बैंकिङ खबर/ श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्ष सेनाको विमानबाट देश छाडेर भागेका छन् । मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनका बीच राजपाक्ष मुलुक छाडेर भागेका हुन् । बीबीसीका अनुसार सोमबार राति ३ बजे स्थानीय समयमा उनी माल्दिभ्स पुगेका छ् । राजपाक्षको बहिर्गमनसँगै श्रीलंकामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासनको पनि अन्त्य भएको छ । […]