माछापुच्छ्रे बैंक लुट्ने प्रयास !

बैंकिङ खबर/ मोरङको जहदास्थित माछापुच्छ्रे बैंक लुटपाटको प्रयास भएको छ । गए राति करिब साढे २ बजेतिर अपरिचित समूह बैंकको पछाडि पट्टीको दुई वटा ढोका फुटाएर भित्र पसेको शाखाका सुरक्षा गार्ड श्रवणकुमार सिंहले बताए । मध्यरातमा अज्ञात समूह बैंकमा प्रवेश गरेपछि गार्डले साथमा रहेको खुकुरी देखाएर तर्साउन खोजेका थिए । तर त्यो समूहले नटेरेपछि उनले […]


देव बैंक हिनामिना प्रकरणमा ३३ जनालाई जरिवानासहित कैद फैसला

बैंकिङ खबर/ उच्च अदालत तुलसीपुरले देव विकास बैंकको १८ करोड हिनामिना प्रकरणमा ३३ जनालाई जरिवानासहित कैद फैसला सुनाएको छ । उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश राजाराम सिलवालको इजलासले बैंकका कर्मचारी र सञ्चालक समितिका सदस्यलाई दोषी ठहर गर्दै जरिवाना र कैद सजायको फैसला सुनाएको हो । बैंकको १८ करोड हिनामिना प्रकरणमा […]


एनआईसी एशिया बैंकद्वारा घातक रोगको बीमा वापतको ३० लाख रकम भुक्तानी

  बैंकिङ खबर/ एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेका ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले कुल रू. ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बीमा लाभ प्राप्त गर्नुहुनेमा यस बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह […]


बैंक अफ काठमाण्डूका तीन जना संचालकको पदावधी थप

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेडका ३ जना संचालकको पदावधी थप भएको छ । बैंकले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै तीन संचालकको पदावधी अर्का निर्णय नभएसम्मका लागि थप गरेको जानकारी दिएको हो । असार २४ गते बसेको संचालक समितिको बैठकले संचालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने प्रकाश श्रेष्ठ, राधेश पन्त, बिजय कुमार […]


प्रभु क्यापिटल लिमिटेडको मोबाइल एप लन्च

बैंकिङ खबर/ प्रभु क्यापिटल लिमिटेडले प्रभु क्यापिटल डिजिटल एप निर्माण गरी सञ्चालनमा ल्याएको छ । क्यापिटलले प्रदान गर्ने विभिन्न सेवाहरुलाई ग्राहकहरुले छिटो, छरितो तथा सहज तरिकाबाट प्राप्त गर्न सक्नुहोस् भन्ने उद्देश्यका साथ एप सञ्चालनमा ल्याएको हो । यस मोबाइल एपबाट ग्राहकहरुले अनलाइनबाटै हितग्राही खाता तथा मेरो शेयर अनलाइन सेवाका लागि आवेदन दिन, भिडियो केवाइसी गर्न, […]


चेक चोरेर २ करोड २९ लाख रुपैयाँ निकाल्न खोजेपछि…

बैंकिङ खबर/ चेक चोरेर २ करोड २९ लाख रुपैयाँ निकाल्न लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुभास भेटवाल रहेका छन् । जुवा खालमा चेक चोरेर विभिन्न मिति उल्लेख गरी २ करोड २९ लाख रुपैयाँ भरेर रकम निकाल्न खोजेको भन्दै सिन्धुलीका राजकुमार बरालले जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा आपराधिक विश्वासघातको कसुरमा बिहीबार […]


मुलुकको अर्थतन्त्रको समस्या समाधान गर्ने गरी मौद्रिक नीति ल्याउन माग

बैंकिङ खबर/ मुलुकको अर्थतन्त्रको समस्या समाधान गर्ने गरी मौद्रिक नीति ल्याउन नेपाल उद्योग परिसंघले प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । परिसंघले बिहीबार मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहनलगायत विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो । परिसंघले मुलुकको […]


बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा केदार गिरी रहेका छन् । गिरीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले ललितपुरबाट पक्राउ गरेको हो । गिरीले २०७६ कात्तिक १५ गते प्रभु बैंकमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी चेक दिए पनि पर्याप्त मौज्दात रकम नभएकोले जाहेरीवालालाई झुक्याउमा पारेको […]


नेपाल बैंकको एटिएम ओखलढुगांमा

बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ग्राहकहरुको सुविधाको लागी ओखलढुगां शाखामा एटिएम मेसिन सञ्चालनमा ल्याएको छ । बैंकले ओखलढुगां जिल्ला सदरमुकाम सिद्धिचरण नगरपालीका १२ भैरवटोलस्थित आफ्नै शाखा मातहत रहने गरी असार २३ गतेबाट एटिएम सञ्चालनमा ल्याएको हो । शाखा कार्यालय ओखलढुगां भएको उद्घाटन समारोहमा एटिएम मेसिनको उद्घाटन सिद्धिचरण नगरपालीकाका बर्तमान नगर उपप्रमुख केदार […]


नबिल र नेपाल बंगलादेश बैंकको सेवा चार दिन अवरुद्ध

बैंकिङ खबर/ नबिल बैंक र नेपाल बंगलादेश बैंकको सेवा चार दिन अवरुद्द हुने भएको छ। यी दुई बैंकबीच मर्जर तथा प्राप्तिपछि असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएकोले सो को लागि डाटा माइग्रेसन गर्नुपर्ने भएकोले सेवा प्रभावित हुने बैंकले जनाएको छ । जसअनुसार दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन (Data migration) गर्ने प्रयोजनको […]