कामना सेवा विकास बैंक र आइएनजीए शपिङ कम्पलेक्सबीच सम्झौता

बैंकिङ खबर/ कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित INGA Shopping Complex सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले शपिङ कम्प्लेक्सको विभिन्न सेवामा छटु पाउने उल्लेख छ। बैंकका अनुसार कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी-फुड तथा एफएमसीजी-नन-फुडमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छ । ग्राहकहरुले बैंक […]


सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा आईएमई सम्मानित

बैंकिङ खबर/ सबैभन्दा बढी रेमिट्यान्स भित्र्याएको कम्पनी आईएमई लिमिटेड सम्मानित भएको छ। नेपाल राष्ट्र बैंकले आफ्नो ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स कम्पनीहरुमध्ये सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएको थियो। राष्ट्र बैंकमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसा पत्र प्रदान […]


सानिमा बैंकद्वारा सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

बैंकिङ खबर/ सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट हेटौंडा शाखाका […]


ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. गौतम र सि.ए वशिष्ठ नियुक्त

बैंकिङ खबर/ ज्योति क्यापिटल लिमिटेडको वैशाख १३ गते बिहीबार सम्पन्न सञ्चालक समितिको ४८ औं बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनितीक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । प्रा.डा. गौतमसंग एसियन ईन्स्टीच्यिुट अफ […]


लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

बैंकिङ खबर/लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न. २, बालकोटमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित मध्यपुर ठिमी नगरपालिकाको वडा न. […]


डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सीईओमा मञ्जिला डंगोल नियुक्त

बैंकिङ खबर/ डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा मन्जिला डंगोललाई नियुक्त गरिएको छ । व्यवस्थापनमा स्नातकोत्तर डंगोलले तत्कालिन सनराईज बैंक, तत्कालिन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिव १५ वर्ष कार्य गरेको अनुभव रहेको छ । अनुसंधान तथा बिकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौंला […]


बहिरा युवाहरुलाई बैंक तथा वित्तीय साक्षरतासहित नेतृत्व विकास तालिम

बैंकिङ खबर/राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा युवाहरुलाई बैंक तथा वित्तीय साक्षरतासहित, सशक्तिकरण र नेतृत्व विकास तालिम दिन शुरु गरेको छ । राष्ट्रिय युवा परिषद्सँग सहकार्य गर्दै महासंघले आइतबारदेखि राष्ट्रिय महिला आयोगको सभाहलमा पाँच दिने तालिम दिन शुरु गरेको हो । ‘परिवर्तनका लागि युवा, सिर्जनशिल र जिम्मेवार बहिरा’ भन्ने नाराका साथ आयोजित तालिममा ४० जना बहिरा […]


हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः राणा नियुक्त

बैंकिङ खबर/हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः अशोक शम्शेर राणा नियुक्त भएका छन् । बैंकको २०८० चैत २७ गते बसेको संचालक समितिको बैठकले राणालाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । राणालाई २०८१ वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार बर्षको लागि सीइओमा नियुक्त गरिएको हो।


फोनपे पेमेन्ट सर्भिस लिमिटेडद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

बैंकिङ खबर/फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्र्तगत यस संस्थाले नेपालमा पहिलो पटक पुर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संगको सहकार्यमा सुरुवात गरेको जनाएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई Fonepay Card Scheme  अन्तर्गत रहि पूर्णरुपको डिजिटल […]


कामना सेवाद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम

बैंकिङ खबर/ कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजका करिब २०० जना डाक्टर तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता दिइएको हो । कार्यक्रम पश्चात् गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैंकबिच सेवा छुट सम्बन्धी समेत सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् कामना सेवा विकास […]