प्रभु बैंकले कमायो १.८१ अर्ब खुद नाफा, खुद ब्याज आम्दानी २६.६१% ले वृद्धि

बैंकिङ खबर/ प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिका्े तुलनामा ७.२७ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्र्रमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको […]


तुल्सीपुरको मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । एक्सटेन्सन काउन्टरको समुद्घाटन तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले गरेका हुन् । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन […]


नौ महिनामा लक्ष्मी सनराइज बैंकको खुद नाफा १ अर्ब साढे ६१ करोड

बैंकिङ खबर/ चालु आर्थिक वर्षमा तेस्रो त्रैमाससम्ममा लक्ष्मी सनराइज बैंकको खुद मुनाफा २७.७० प्रतिशत वृद्धि भएको छ। बैंकले शुक्रबार सार्वजनिक गरेको यस अवधिको अपरिस्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा एक अर्ब ६१ करोड ५९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको यहि अवधिसम्ममा बैंकले एक अर्ब २६ करोड ५३ […]


भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई ग्लोबल आइएमई बैंकले शैक्षिक कर्जा दिने

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा.लि.बीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशन प्रा.लि.का संस्थापक तथा अध्यक्ष उद्धवबहादुर खड्काले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार […]


एनएमबि बैंक कर्णाली प्रदेशद्वारा काँक्रेबिहारमा सरसफाइ साथै आरामदायी बेन्च हस्तान्तरण

      बैंकिङ खबर/ एनएमबि बैंक लिमिटेड कर्णाली प्रदेशले सुर्खेतको काँक्रेबिहार वरिपरि सरसफाइ गरेको छ । बुधबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोइलीमा विश्व सम्पदा दिवसको अवसरमा बैंकले प्रभातफेरिका साथै काक्रेबिहार वरिपरि सरसफाइ गरेको हो । एनएमबि बैंक कर्णाली प्रदेशको अगुवाइमा सम्पूर्ण कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रमका साथै काक्रेबिहार आसपास सरसफाइ गरेको छ । हरेक वर्ष […]


सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित भवनको उद्घाटन

बैंकिङ खबर/माछापुच्छ्रे बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ । मंगलबार उक्त कार्यालय भवनको उद्घाटन भएको छ । सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा बैंकका अध्यक्ष रोशन केशीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर खाँले माछापुच्छ्रे बैंकले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा […]


सिटिजन्स बैंकको वार्षिकोत्सवमा छुटै–छुट योजना

बैंकिङ खबर/सिटिजन्स इन्टरनेसनल बैंकले १७औं वार्षिकोत्सव अवसरमा विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ। बैंकले वैशाख ७ को वार्षिकोत्सवलाई लक्षित गरी १ देखि वैशाख ३१ सम्म लागू हुने गरी विभिन्न सेवा–सुविधामा भारी छुट, क्यास ब्याकलगायत योजना सार्वजनिक गरेको हो। योजनाअन्तर्गत डेबिट-क्रेडिट कार्डवाहकले पस मेसिन र अनलाइनमार्फत १००० वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० […]


प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरमा छुट

बैंंकिङ खबर/प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट पाउने भएका छन् । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बिच छुट प्रदान गर्ने सम्झौता भएको हो । सो समझदारी पत्रमा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रा.लि (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् […]


सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले बन्जी गर्दा छुट पाउने

बैंकिङ खबर/ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७,पोखरामा स्थित बन्जी नेपाल एडभेन्चर प्रालिबीच बैंकका ग्राहकहरुलाई बन्जी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बन्जी नेपाल ऐडभेन्चर प्रालिको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिषा डेबिट कार्ड […]


लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक

बैंकिङ खबर/लक्ष्मी सनराइज बैंकले वातावरणीय उत्तरदायित्वको प्रतिबद्धतालाई सुढृद बनाउँदै आर्थिक वर्ष २०७९/८० सम्मको सवारी साधन कर्जा तथा आवासीय कर्जाअन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (पीक्याफ)सँग २०२१ देखि आबद्ध हुँदै आएको छ। पीक्याफ वित्तीय संस्थाहरुको विश्वयापी साझेदारी समूह हो, जसले वित्तीय संस्थाको कर्जा र लगानी क्षेत्रमार्फत उत्सर्जन हुने ग्रिन […]