अमेरिकी वित्तीय कारोबार गर्ने कम्पनी जेपी मार्गनले डिजिटल क्वाइन ल्याउँदै

बैंकिङ खबर । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक तथा वित्तीय सेवा प्रदायक कम्पनी जेपी मार्गन चेज एण्ड कम्पनीले डिजिटल क्वाइन लयाउने भएको छ । पछिल्लो समय विश्व बजारमा डिजिटल क्वाइनको कारोबार बढदै गएपछि कम्पनीले ‘जेपीएम क्वाइन’ ल्याउने योजना बनाएको हो । कम्पनीका अनुसार ग्राहकले ब्लकचेन नेटवर्कमार्फत यो क्वाइनबाट भुक्तानी गर्न सक्ने छन् । कम्पनीले जनाएअनुसार यो […]


विश्वमा बैंकिङ इतिहास: यी हुन सबैभन्दा पुराना पाँच बैंकहरु 

बैंकिङ खबर। नेपालमा लगभग ९० वर्ष अघि देखि नै विनिमयका लागि सिक्काको प्रचलन भएको देखिन्छ । वि.सं. १९९४ मा नेपालको पहिलो बैँकको रुपमा नेपाल बैँकको स्थापना भएको थियो । त्यसबेला पनि नेपालमा सिक्काको प्रयोग हुन्थ्यो । वि.सं. २००४ बाट मात्र नेपालमा कागजी नोटको सुरुवात भएको हो । नेपाल राष्ट्र बैंकको स्थापना हुनुभन्दा पहिला सदर मुलुकी […]


चरम आर्थिक संकटको लागि तयार रहनुस् – आइएमएफ 

बैंकिङ खबर। अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्वका सबै मुलुकलाई आर्थिक संकटको लागि तयार रहन चेतावनी दिएको छ । दुबईमा आयोजित वल्र्ड गभरमेन्ट समिटमा सम्बोधन गर्दै आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिन लेगार्डले विश्वका सबै मुलुकहरुले अनुमान भन्दा कम आर्थिक वृद्धि हाासिल गरेकोले विश्वमा आर्थिक संकटको अवस्था सिर्जना हुन लागेको बताईन् । उनले भनिन् हामिले अर्थतन्त्रको यस्तो […]


आलोचनाका बीच ट्रम्पले गरे विश्व बैंकको अध्यक्षमा मेलपसलाई सिफारीस  

बैंकिङ खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ मन्त्रालयका शिर्ष अधिकारी डेभिड मेलपसलाई विश्व बैंकको अध्यक्षका लागि सिफारिस गरेपछि अमेरिकी अर्थतन्त्रमा नयाँ बहस सुरु भएको छ । मेलपस यसअघि पनि विश्व बैंकको कार्यशैलीमाथि टिप्पणी गरिराख्ने व्यक्ति हुन् । पछिल्लो समय मेलपसको कार्यशैली ट्रम्पलाई मन परेका कारण विश्व बैंकको अध्यक्षमा सिफरिस गरिएको त्यहाँका समाचार माध्यमहरुले जनाएका […]


विश्व बैंकको अध्यक्षमा अमेरिकी अर्थमन्त्रालयका शिर्ष अधिकारी आउन सक्ने

बैंकिङ खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्थमन्त्रालयका अन्तरराष्ट्रिय मामिलासम्बन्धी कनिष्ठ मन्त्री डेभिड मेलपसलाई विश्व बैंकको अध्यक्षमा मनोनित गर्ने भएका छन् ।  अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले छापेको समाचार अनुसार यो निर्णका बारे ट्रम्प प्रशासनले विश्व बैंकका शेयरधनीहरुलाई समेत जानकारी गराइसकेको छ । मेलपसले लामो समयदेखि विश्व बैंक मामिला हेर्दै आएका छन् ।  यसबारे बुधवार घोषणा हुने […]


अस्ट्रेलियामा बैंकिङ ठगि बढ्यो, नीतिगत रुपमै सुधार गर्ने सरकारको तयारी

बैंकिङ खबर। अस्ट्रेलियामा बैंकिङ क्षेत्रमा हुन सक्ने बदमासीलाई कम गर्न नीतिगत रुपमा सुधार गर्न लागिएको छ । बैंकिङ गतिविधिमा हने बदमासीमाथि अध्ययन गरेको रोयल कमिशनले बैंकिङ क्षेत्रमा नीतिगत सुधार गर्नुपर्ने सुझाव पेश गरेको छ ।  अस्ट्रेलियामा बैंकिङ क्षेत्रमा ग्राहकरु ठगिनुपरेको गुनासो आएसँगै रोयल कमिशन गठन गरी अध्ययन थालिएको थियो । कमिशनले दिएको सुझावलाई अस्ट्रेलियन सरकारले […]


पाँच सय दरका युरो नोट प्रतिवन्ध, वैधानिकता भने कायमै  

बैंकिङ खबर। युरोपेली केन्द्रीय बैंक (इसीबी) ले ५ सय दरको युरो नोट विस्थापन गर्ने भएको छ । बढदो क्यासलेस कारोबारका कारण ५०० दरका नोट प्रयोगमा कमि हुन थालेपछि इसीबीले उक्त नोट हटाउन थालेको हो ।  केन्द्रीय बैंकले ५ सय दरका नोटहरु सबैभन्दा बढी अपराधीहरुले प्रयोगमा लयाउने गरेको दावी गरेको छ । तर कतिपय नागरिक जसले नगदमै […]


विश्व आर्थिक वृद्धिदरमा गिरावट आउने खतरा बढेको मुद्राकोषको प्रक्षेपण

बैंकिङ खबर। अन्तराष्ट्रिय मुद्रा कोषले अमेरिका–चीन व्यापार द्धन्द र यूरोपेली संघ (इयू)बाट बेलायतको बहिगर्मनले विश्व आर्थिक वृद्धिदरमा गिरावट आउने खतरा बढेको प्रक्षेपण गरेको छ । मुद्रा कोषले गत वर्षको अक्टोबरमा सार्वजनिक गरेको तथ्याङ्कमा पनि विश्वव्यापी आर्थिक वृद्धि घटदै गएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।  मुद्रा कोषको तथ्याङ्क अनुसार विश्वव्यापी आर्थिक वृद्धिदरमा अपेक्षा गरिएभन्दा बढि खराब […]


फेडको खाताबाट रकम चोरीएको विषयमा मुद्दा चलाउदै बंगलादेश बैंक

बैंकिङ खबर। बंगलादेश बैंकले अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भको खाताबाट चोरी भएको विषयमा मुद्दा चलाउने भएको छ । अमेरिकाको न्यूयोर्क अदालतमा यहि जनवरीमा नै मुद्दा दायर गर्ने तयरी बंगलादेश बैंकले गरेको हो ।  बंगलादेश बैंकको ३ वर्षअघि फेडको खातामा भएको ८ करोड १० लाख डलर चोरी भएको थियो । सन् २०१६ को फेब्रुअरीमा स्विफ्ट भुक्तानी […]


बेलायतको मुद्रास्फीति दुई वर्षयताकै कमजोर

बैंकिङ खबर। बेलायतको मुद्रास्फीति दर दुई वर्षयताकै कमजोर बनेको छ ।  नेशनल स्टास्टिक्सले सार्वजनिक गरेको तथ्याङ्कमा इन्धनको मूल्य घटेको र उपभोक्तालाई छुट दिइएकाले मुद्रास्फीतिदर कमजोर बनेको हो । बेलायतमा मुद्रस्फीति २ दशमलव १ प्रतिशतले बढेको छ ।  बेलायतको जनमत सन् २०१६ देखि ब्रेक्जिटको पक्षमा उभिएपछि त्यहाँको मुद्रा कमजोर बनेको थियो । जसको प्रभाव उपभोक्ता मूल्यमा […]


दक्षिण अफ्रिकी मुलुक जिम्बाबेले नयाँ मुद्रा बनाउने

बैंकिङ खबर । दक्षिण अफ्रिकी मुलुक जिम्बाबेले नयाँ मुद्रा ल्याउने तयारी गरेको छ । यसअघि सन २००९ मा अत्यधिक मुद्रास्फीति भएको भन्दै आफ्नो मुद्रा त्यागेको जिम्बाबेले फेरि अमेरिकी डलर कमजोर हुँदा आफ्नो मुलुकको अर्थतन्त्र समेत कमजोर बनेको भन्दै आफ्नै मुद्रा बनाउने निर्णय गरेको हो । जिम्बाबेका अर्थमन्त्रीले आगामी एक वर्षमा नयाँ मुद्रा ल्याउने योजना अघि […]


अमेरिकी बीमा कम्पनी मेटलाइफमा नयाँ कार्यकारी प्रमुख आउने

बैंकिङ खबर । अमेरिकी बीमा कम्पनी मेटलाइफ इङ्कले नयाँ अध्यक्ष र कार्यकारी अधिकृत पाउने भएको छ । हालका अध्यक्ष र सीइओ स्टिभन ए केन्दारियानको कार्यकाल सकिन लागेपछि उक्त पदमा मिचेल ए। खलफ नियुक्त भएका हुन् । सन् २०११ देखि कम्पनीको यूरोप, मध्य पूर्व र अफ्रिका हेर्ने डिपार्टमेन्टका प्रमुखका रुपमा रहर्दै आएका खलफलाई मे १ देखि […]


आईएमएफको उच्च तहमा पुग्ने पहिलो महिला बनिन् ‘गीता गोपीनाथ’

बैंकिङ खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)को चिफ इकोनोमिष्टमा भारतीय मूलकी गीता गोपीनाथ नियुक्त भएकी छिन् । आइएमएफको उच्च तहमा पुग्ने उनी पहिलो महिला हुन् । गत हप्ता गोपीनाथले आइएमएफको चिफ इकोनोमिस्टको पद सम्हालेको बताइएको छ। हार्वड विश्वविद्यालयकी प्रोफेसर गोपीनाथले डिसेम्बर ३१ मा रिटायर्ड भएका मौरे अब्स्फिल्डको स्थानमा आइएमएफको अनुसन्धान विभागको एकोनोमिक काउन्सिलर तथा डाइरेक्टरको […]


विश्व बैंकका अध्यक्ष किमद्धारा कार्यकाल पुरा नहुँदै राजिनामा

बैंकिङ खबर । विश्व बैंकका अध्यक्ष जिम योंग किमले पद त्याग गर्ने भएका छन् । सोमबार राजिनामाको घोषणा गर्दै फेब्रुअरी १ बाट पद त्याग गर्ने बताएका हुन् । छ वर्ष भन्दा बढि समय अध्यक्ष बनेका उनले आफ्नो राजिनामाको निर्णय व्यक्तिगत भएको बताएका छन् । उनले विश्व बैंकको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताउँदै विश्व […]


भारतीय केन्द्रीय बैंकले सरकारलाई करिब ४ खर्ब लाभांश दिने

बैंकिङ खबर । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले सरकारलाई आगामी मार्चसम्ममा करिब ४ खर्ब भारतीय रुपैयाँ अन्तरिम लाभांश बझाउने भएको छ । रोयटर्सले प्रकाशित गरेको समाचार अनुसार आगमी फेब्रुअरी १ मा बजेट भाषणको क्रममा उक्त लाभांश उल्लेख गरिने छ ।  गत महिना लाभांश वितरण तथा अन्य विषयमा सरकारसँग विवाद भएपछि आरबीआईका […]



नयाँ अपडेट