के, के भयो यो साता ? साताभरीका चर्चित बैंकिङ खबरहरु

बैंकिङ खबर/ नेपालमा यो साता कोरोनाको संक्रमणको त्राससँगै बैंक तथा वित्तीय क्षेत्रमा विभिन्न गतिविधिहरु भए ।बैंक वित्तीय क्षेत्रमा यो साता कोरोना संक्रमणबाट जोगिन राष्ट्र बैंकको निर्देशन, मर्जरका लागि सम्झौता, मर्जर प्रक्रिया असफल, आरोप प्रत्यारोप, ठगी लगायत थुप्रै घटना एवम् गतिविधिहरु भएका छन् । समग्रमा, साताको सुरुवातदेखि बैंक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु तल प्रस्तुत […]


सेञ्चुरी बैंकको ६.०५ प्रतिशत लाभांश पारित, बैंकको चुक्ता पुँजी साढे ९ अर्ब नाघ्ने

बैंकिङ खबर/सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीले दिने निर्णय गरेको ६.०५ प्रतिशत लाभांश पारित गरेको छ ।  बैंकको शुक्रवार सम्पन्न ११ औंं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीबाट ५.७५ प्रतिशतले बोनस शेयर र बाँकी नगद लाभांश दिने निर्णय पारित गरेको हो ।   यो निर्णयसँगै सेञ्चुरी बैंकको गत असार मसान्तमा […]


बीग मर्जरमा बीग प्रोब्लम : हिमालयन र इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल !

बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल भएको छ। हिमालयन बैंकको वार्षिक साधारणसभाले शुक्रबार इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो। मर्जर विशेष प्रस्ताव स्वीकृत हुन ७५ प्रतिशत सेयर सदस्यहरुको मत प्राप्त हुनुपर्ने भएकामा प्राप्त नभएको हो। हिमालयन बैँक स्रोतका अनुसार अधिकांश सदस्यहरु मर्जरको विपक्षमा देखिएका थिए। हिमालयन र इन्भेस्टमेन्ट बैँकबीच […]


ॐ हस्पिटल र नबिल बैंकबीच सहुलियत सेवा सम्झौता

बैंकिङ खबर/ काठमाडौंको चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि र नबिल बैंक लिमिटेड बीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । नबिल बैंकको प्रधान कार्यालयमा विहिवार आयोजित एक संक्षिप्त कार्यक्रममा बैंकका ग्राहककर्मचारी तथा परिवारजनलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सो सम्झौता भएको हो । सम्झौतापत्रमा ॐ अस्पतालका प्रमुख कार्यकारी […]


सुबिसुको वार्षिक उत्सवको अवसरमा देशभरका २१ ठाउँमा रक्तदान

बैंकिङ खबर/ नेपालको सूचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायककम्पनी, सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि २१ वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गरेको हो । रेडक्रससँगको सहकार्यमा सञ्चालित यस कार्यक्रम देशकाविभिन्न स्थानहरु बालुवाटार, धनगढी, नेपालगञ्ज, […]


तालिबानकाे सत्ता कब्जापछि अफगानिस्तानमा पहिलाे पटक एटीएम सेवा खुल्दै

बैंकिङ खबर/ तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत् देशका वाणिज्य बैंकहरूद्वारा एटीएम सेवाहरू पुनः सञ्चालन गरिने जनाएको, खामा प्रेसले उल्लेख गरेको छ। सहकारीसँगको वार्तापछि यो निर्णय भएको हो। अगस्टमा तालिबानले सत्ता कब्जामा लिएपछि एटीएम […]


२० वर्षमा निर्यात डेढ गुणामात्र हुँदा आयात ८ गुणाले बढ्यो

बैंकिङ खबर/ नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनेपछि नेपालको वैदेशिक व्यापारमा निर्यात खस्किएको पाइएको छ । २० वर्षमा निर्यात डेढ गुणामात्रले बढ्दा आयात भने ८ गुणाले बढेको छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा घट्दै गएको तथ्य निर्यात– आयात अनुपातले पुष्टि गर्दछ । सन् १९९० को दशकमा नेपालको निर्यात–आयात अनुपात १ः२.३ थियो अर्थात् निर्याभन्दा २.३ […]


युनिक नेपाल र घोडीघोडा लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुरु

बैंकिङ खबर/ युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थाएकआपसमा गाभिएपछि आजदेखि एकीकृत कारोबार शुरु गरेको छ । यही पुस ३० गते कोहलपुर, बाँकेमा सम्पन्न भएको एकीकृत कारोबार घोषणा कार्यक्रममा दुवै वित्तीय संस्थाका अध्यक्षद्वय काली प्रसाद चौधरी र प्रभात कुमार चौधरीले संयुक्त रुपमा पानसमा बत्ती बालेर एकीकृत कारोबार भएको घोषणा गरेका हुन् । […]


मेगा बैंकले जनकपुरधाम प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार

बैंकिङ खबर/ मेगा बैंक नेपाल लिमिटेडले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालमा मेगा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. प्रमोदकुमार यादवले एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै अस्पतालको सबै सेवाको आर्थिक कारोबार […]


सांग्रिला डेभलपमेन्ट बैंकमा राेजगारीकाे अवसर

बैंकिङ खबर/ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले सुपर भाइजर जुनियर अफिसरको पदपूर्ति गर्न कर्मचारी माग गरेको हाे। बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको जनाएकाे छ। केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंको लागि एकजना सुपरभाइरज आवश्यक परेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ। उक्त पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता […]