सुबिसुको वार्षिक उत्सवको अवसरमा देशभरका २१ ठाउँमा रक्तदान


Bankingkhabar /January 14, 2022

बैंकिङ खबर/ नेपालको सूचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायककम्पनी, सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि २१ वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सामाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गरेको हो । रेडक्रससँगको सहकार्यमा सञ्चालित यस कार्यक्रम देशकाविभिन्न स्थानहरु बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा , लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, बिराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट, चपुरमा सफलतापुर्वक सम्पन्न गरेको छ ।

कार्यक्रम सफल गराउन सहयोग पुर्याउनु भएका सम्पूर्ण प्रति कम्पनीले आभारी व्यक्त गरेको छ । आउने दिनहरुमाथपविविध यस्तै कार्यक्रमहरु गरि समाजिक उत्तरदायित्वलाई पूर्ण रुप गराउन कम्पनी सदैब तत्पर रहेको कम्पनीले जनाएको छ ।

सुबिसु केबल नेट लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस MPLS VPNs, व्यान एथर्नेट WAN Ethernet, होलसेल आइ.पि ट्रान्जिट Wholesale IP Transit,एम.भि.पि MVP , डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

 

 

 

 

 

 

 

 

Spread the love

सोसिअल मेडिया