Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

निर्यातमा उल्लेखनिय बृद्धि हुँदा पनि व्यापार घाटा चुलीएको चुलीयै !

२०७८ मंसिर १ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको आथिृक रिपोर्ट अनुसार निर्यातमा बृद्धि भएको छ । पहिलो आर्थिक त्रैमासिक रिपोर्टको असोज महिनामा देखिएको विवरण अनुसार आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भई रु.६५ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७.१ प्रतिशत, १९.४ प्रतिशत र २७.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात घटेको छ ।

 आर्थिक वर्ष २०७८÷७९ को तीन महिनामा कुल वस्तु आयात ६३.७ प्रतिशतले वृद्धि भई रु.४७८ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.७ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८.४ प्रतिशत, ५५.२ प्रतिशत र १२४.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई रु.४१३ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत रहेको थियो ।

निर्यात आयात व्यापार घाटा
समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु.५४ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.३३ अर्ब ९२ करोड बराबरको भएको थियो । वैदेशिक व्यापारको संरचना ।

वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४१.७६ प्रतिशत र ५८.२२ प्रतिशत रहेको छ भने पूँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको कुल निर्यातमा मध्यवर्ती, पूजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३२.६ प्रतिशत, ०.९ प्रतिशत र ६६.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.० प्रतिशत, पूँजीगत वस्तुको ११.० प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३६.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५१.२ प्रतिशत, १३.१ प्रतिशत र ३५.७ प्रतिशत रहेका थिए ।

निर्यात–आयात मूल्य सूचकाङ्क
वार्षिक विन्दुगत आधारमा २०७८ असोज महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क (Unit Value Index)  १०.४ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क १३.९ प्रतिशतले बढेको छ । २०७७ असोज महिनामा ५.१ प्रतिशतले बढेको व्यापारको शर्त ९त्भचmक या (Terms of Trade) २०७८ असोज महिनामा ३.१ प्रतिशतले घटेको
छ ।