Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

अमेरीकामा मुल्यबृद्धि : तीन दशक यताकै उच्च विन्दुमा

२०७८ कार्तिक २५ गते

बैंकिङ खबर । पछिल्लो समय अमेरीकामा ३ दशक यताकै मूल्यबृद्धिदर धेरै देखिएको छ । अमेरिकाले पनि मुल्यबृद्धि थेग्न सकेको छैन । इन्धनको मूल्य वृद्धिका कारण अमेरीकाको मुल्यबृद्धि भएको हो । यसकिो असर खाद्यान्न तथाअन्य सामानमा पनि परेको छ । अमेरीकामा सामान्य रुपमा हुने गरेको मुल्यबृद्धि यो पटक तीन दशकयताकै उच्च विन्दुमा छ । पछिल्लो एकबर्षमा ६ दशमलव २ प्रतिशतको दरले मुल्यबृद्धि भएको छ । त्यस अघि मूल्य वृद्धि दर बढीमा ५ प्रतिशत थियो।