Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

तोकिएको भन्दा दोव्वर राजस्व संकलन गर्ने अर्थमन्त्रीको लक्ष

२०७८ कार्तिक २३ गते

बैंकिङ खबर । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दोव्वर राजस्व संकलन गर्ने बताएका छन् । चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि मन्त्री शर्माले राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताए । उनले राजस्व वृद्धिका लागि लगानी बढाउनुपर्ने भन्दै तातोपानी नाकाको सडक स्तरोन्नतिका लागि चीनसँग समन्वय गर्ने बताए । मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि ठोस योजना बनाउने बताए । तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको भन्दै उनले राजस्व बढाउनका लागि कडाइ गरिने बताए । राजस्व संकलन आफ्नो लक्ष्यअनुरूप हुने विश्वास पनि व्यक्त गरे ।