बैंकिङ खबर । प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङ्बो दोहोरीएका छन् । नेकपा माओवादी केन्द्रका मन्त्री आङ्बो यसअघि शेरधन राईको सरकारमा आर्थिक मामिला मन्त्री थिए। त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानून मन्त्रीमा केदार कार्की, सामाजिक विकास मन्त्रीमा जयराम यादव र सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फे नियुक्त भएका छन् । यादव जनता समाजवादी पार्टीका निर्वाचित सांसद हुन् ।