बैंकिङ खबर । वेलायतले नेपाली महिला उद्यमीलाई साथ दिन तयार रहेको जनाएको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा महिला उद्यमशीलता विकास गर्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले नवप्रवर्तन व्यवसायको विकासका लागि सहकार्य गर्न र महिला उद्यमीसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । नेपाल उद्योग परिसंघको कार्यक्रममा उहाँले महिला उद्यमशीलता प्रवर्द्धनका विषयमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफूहरू तयार रहेको उल्लेख गर्नुभयो ।