October 9th, 2021

सरकारले जलविद्युतमा ७३ अर्बको लगानीे भित्राउने : पुँजीबृद्धिको लागि अनुमति

बैंकिङ खबर ।  सरकारले ७३ अर्ब रुपैयाँ बराबरको लगानी जलविद्युत क्षेत्रमा भित्राउने भएको छ । लगानी भित्राउनको लागि लगानी बोर्डले सो रकमको स्वीकृति गरेको हो । बोर्डका अध्यक्ष प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले दुईवटा जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न ७३ अर्ब बराबरको रकम लगानीमा स्वीकृति गरेको हो । सो कार्यका लागि पूँजीवृद्धि गर्न अनुमति प्रदान गरिएको छ । दोलखा जिल्लामा संचालीत ५६ मेगावाट क्षमताको जुमखोला जल विद्युत परियोजना तथा संखुवासभा जिल्लामा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत परियोजना छन् । ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनालाई पनि अध्ययन गरी ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन माग गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]