August 22nd, 2021

सञ्चय कोषका प्रमुख प्रशासक गौतम पदमुक्त


बैंकिङ खबर/ सरकारले कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको हो । कर्मचारी सञ्चय कोषको प्रमुख हुन सञ्चयकर्ता हुनुपर्ने कानूनी व्यवस्था रहेको छ ।
गौतम २०७६ साल जेठदेखि नै कर्मचारी संचय कोषको प्रमुख प्रशासक बन्न अयोग्य हुनुहुन्थ्यो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा.युवराज खतिवडाले कानून विपरित गौतमलाई कोषको प्रमुख प्रशासकमा निरन्तरता दिएका थिए । उहाँलाई सरकारले अवकाश दिने निर्णय भएको जानकारी भने दिइसकेको छैन । गौतमले पनि आफूलाई अवकाश दिने सरकारको निर्णयबारे केही जानकारी नआएको बताउनुभएको छ ।
गौतम हिमालयन बैंकको अध्यक्ष समेत हुनुहुन्छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको हिमालयनमा कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै गौतम अध्यक्ष चयन हुनुभएको थियो । प्रमुख प्रशासक पद गएसँगै उहाँले बैंकको अध्यक्ष पद समेत छाड्नुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]