August 9th, 2021

‘सबै किसिमका लघुवित्तकाे नियमन एउटै हुनुपर्छ’

रामहरि दाहाल
सिइओ, मेरो माइक्रोफाइनान्स एवं उपाध्यक्ष, नेपाल लघुवित्त बैंकर्स संघ

नेपालमा लघुवित्तको अभ्यास सुरु भएको साढे चार दशकभन्दा बढी भइसकेको छ । यसबीच गरिबी निवारणका धेरै पहल सुरु गरिएपनि लघुवित्त कार्यक्रम मात्र गरिबी निवारण र ग्रामीण विकासको मुख्य आधार भएको छ । गरिब समूहको आर्थिक स्तर उकास्न, लैंगिक अन्तर कम गर्न, महिला सशक्तीकरणलाई प्रवद्र्धन गर्नु र आय असमानता कम गर्नु लघुवित्तले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । तर पनि विश्वभर फैलिएको कोरोना भाइरसको मार यस क्षेत्रमा पनि परेकोब छ । यसबीचमा अन्य क्षेत्रको आय घटेपनि लघुवित्तको भने आय वृद्धि भएको छ । आयवृद्धि भएसँगै लघुवित्तको विषयमा केहि आलोचना समेत हुन थालेका छन् । यसै विषयमा केन्द्रित रहेर हामीले मेरोमाइक्रोफाइनान्स प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवंम् नेपाल लघुवित्त बैंकर्स संघका उपाध्यक्ष रामहरि दाहालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ सिइओ दाहालसँग बैंकिङ खबरले गरेको कुराकानीको सम्पादित अंश ।

लघुवित्त क्षेत्रमा कोभिडले पारेका असरहरु के के हुन् ?

कोभिड–१९ का कारण अन्य क्षेत्र जसरी लघुवित्तमा पनि असर पारेको छ । कोरोना नियन्त्रणका लागि अपनाइएका लकडाउनलगायतका प्रक्रियाका कारण मानवीय जनजीवनका हरेक क्षेत्रहरू कुनै न कुनै रूपमा प्रभावित भए । कोरोनाका कारण विपन्न वर्गको लागि सञ्चालित लघुवित्त क्षेत्र अझ बढी प्रभावित हुन पुग्यो । लघुवित्त बैकिङ भनेकै न्यून आय भएका ऋणी सदस्यहरुसँग बढीभन्दा बढी निकट सम्पर्क कायम गर्नुपर्ने र फिल्डमा आधारित समूहगत माध्यमबाटै बचतसहित बिनाधितो कर्जा सम्बन्धी गतिविधि सञ्चालन गरिने वित्तीय कार्यक्रम भएकाले पनि लघुवित्त क्षेत्र प्रभावित भएको देखिन्छ । विशेषगरी लघुवित्तमा हामीले ग्रामीण मेथ्रोलोजी एडप्ट गरेका छौं । ग्रामीण क्षेत्रमा ग्रुप कमिटी, सेन्ट्रल मिटिङ गर्छौं ।

सेन्टर अफ गुड भन्ने वित्तिकै कोभिडसँग सम्बन्धीत विषयबस्तु हो । यसलाई हामीले विस्तारै शुरु गरेका छौं । कोभिडले के्रडिट डिष्ट्रिव्युसनमा अलिकति प्रभाव पारेको छ । स्थानीय स्तरमा जुन होटल व्यवसायी थिए । व्यक्ति व्यक्ति संलग्न हुने व्यवसायमा स्वभाविक रुपमा असर गरेको छ । तराइ एरियामा सैलुङ अझैँ पनि कतिपय ठाउँमा खुल्न सकेको छैन । जसमा लघुवित्तका ग्राहकहरु हुन्छन् । त्यस्ता व्यापार व्यवसायमा प्रभाव पारेका छ । तर त्यस्ता क्षेत्रलाई नेतृत्व गर्ने साथीहरुले ऋण तिर्न दबाब नदेउ भनेका छौं । यदि अलिअलि व्यवसाय चलेको छ । व्याकेजको रुपमा व्याज बुझाउँछु भन्यो भने पनि ठिकै छ भनेका छौं । राष्ट्र बैंकले पनि त्यहि भनेको अवस्था छ । कोभिडले समग्र अर्थव्यवस्थामा असर पारेको छ । ठूला होटल व्यवसाय, यातायात क्षेत्र प्रभावित भएको छ । उनीहरु हाम्रा क्लाइण्ड होइनन् तर क्लाइण्डका पनि क्लाइण्ड हुन् । त्यसले पनि लघुवित्त क्षेत्र प्रभावित हुनु स्वभाविक हो ।

लघुवित्तको नाफा अस्वभाविक भयो भन्ने कुरा पनि आइरहेको छ, राष्ट्र बैंकका गभर्नरबाटै यस्तो कुरा आएको छ, के भन्नुहुन्छ तपाई ?

यो खास सत्य होइन । अघिल्लो आर्थिक वर्षको अन्त्यमा पनि कोभिड थियो । त्यति बेलामा पनि गुड लोनको २ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो । त्यो वर्ष १ प्रतिशतको ठाउँमा २ प्रतिशत प्रोभिजन गर्नुपर्छ भन्ने थियो । तर यो वर्ष १.३ प्रतिशत मात्र गरे हुन्छ भनेपछि प्वाइन्ट सेभेन प्रतिशत राइट व्याज भयो । त्यसले लघुवित्तको नाफा बढेको हो । वित्तीय प्रकाशन गरेको वर्षमा कष्ट अफ फण्ड लघुवित्त संस्थाहरुले अलिकति रिजनेवल रेन्जमा पाएकै हो । सधैँभरी त्यो रेन्ज रहँदैन । कुनै संस्था ५ हजार लष्टमा थियो । अहिले २५ हजार लाख प्रोफिटमा गयो भने त्यसको नाफाको मात्रै सिनारियो हेर्ने हो भने कहाँ पुग्छ ?, त्यो ५ हजार प्रतिशतमा आउँछ । यो टाइपको हाउगुजी सामाजिक सञ्जालमा बन्यो । उसको नाफा कति, कभरेज कति भनेर हेरियो भने त्यो मनासिव हुन्छ । क्यापिटल कम भएकाले प्रोफ्यालिटि देखिएको हो । गभर्नरले यिनीहरु बढी नाफामुखी भयो । यसलाई म नियन्त्रण गर्छु भन्ने कुरा आयो । यथार्थमा त्यो छैन ।
उसको क्यापिटक कति हो । क्यापिटल अनुसार उसको नेट प्रोफिट हेर्नुभयो भने त्यो व्यवहारिक हुन्छ ।

नेपालको परिप्रेक्षमा लघुवित्तको लगानी ग्रामीण तहमा र विशेषगरी गरीवी वर्गमाथि छ । लघुवित्त क्षेत्रका ऋणीको उद्यमशीलतालाई कसरी हेर्नुभएको छ ? के उनीहरु सक्षम उद्यमी बनिसकेको अवस्था हो ?

यसअघि ए, बी, सीलाई मात्र सहुलियत व्याज अनुदान कर्जाको सुविधा भएकोमा गएको आर्थिक वर्षदेखि ‘डि’ लाई पनि सहुलियत कर्जा दिएको अवस्था छ । हामीले पनि महिला केन्द्रित लघुवित्तलाई प्रमोट गर्नुपर्छ भनेका छौं । मेरो संस्थाको कुरा गर्दा हरेक ब्रान्चमा ५ वटा महिला केन्द्रित लघुवित्तलाई तपाईहरुले उल्लेख गरेको हुनुपर्छ भनेर तार्गेट एसेप्ट गरेर पठाएको छु । त्यो अनुसार पनि भएको छ । आजभन्दा ३, ४ वर्ष अगाडि हेर्ने हो भने लघुवित्त संस्थाहरुको इन्ट्रेस दर २४ प्रतिशत थियो । केन्द्रीय बैंकले १८ प्रतिशतमा ट्याप लगायो । त्यहि पनि ठिकै छ । १५ प्रतिशतमा ट्याप लगायो । १५ प्रतिशतमा बिना धितो पैसा पाउनु भनेको ग्राहकका लागि राम्रो हो । उहाँहरुको अप्रेटिङ कष्ट शुन्य हुन्छ । उहाँहरुको घरदैलोमै लघुवित्त संस्थाहरु पुग्छन् । अरु, ए, बी, सीको दरको हिसावले हेर्ने हो भने उहाँहरुले लघुवित्तबाट एकल अंकमा पैसा पाउनुभएको छ ।

तपाईको विचारमा लघुवित्तका ग्राहक वर्गमा देखिएका समस्याहरु के कस्ता रहेका छन् ?

पेण्डामिक अवस्थामा नयाँ नयाँ अवस्थाहरु सिर्जना भएको अवस्था छ । लघुवित्त संस्थाहरु पनि समस्यामा परेका छन् । कर्जा सूचना केन्द्र छ । अहिले अन हेल्दि कम्पीटिशन, मल्टिपल ब्रोइङको समस्या छ । कर्जा सूचना केन्द्र विस्तारै काम गर्दै गयो भने त्यो समाधार होला । लघुवित्तमा क्लाइण्टहरुमा तानातान छ । त्यसकारण यिनीहरुलाई प्रोटेक्सन गरेर गतिविधिहरु चलाउनुपर्ने जल्दोबल्दो समस्याका रुपमा देखेको छु ।

लघुवित्त क्षेत्रबाट समृद्धि हासिल गर्न के के गर्नुपर्ला ?

लघुवित्त ए, बी, सी र डि बाट सञ्चालन भइ रहेको छ । अहिले जतिपनि आलोचित हुनुपर्ने अवस्था छ त्यो भनेको डि बाट हो । लघुवित्त भन्ने वित्तिकै ए.. लघुवित्त संस्था भन्ने बुझ्छन् ।तीन वर्ष अगाडी नेपाल राष्ट्र बैंकले नै कमर्सियल बैंकहरुको २ प्रतिशत प्रोफिलियो हुनुपर्ने भन्ने थियो । त्यो अन्तगर्त कमर्सियल बैंकहरुले आ–आफ्नो माइक्रो फाइन्स चलाएर कार्यक्रम सञ्चालन गर्दै आएका छन् । कतिपय ‘ख’ वर्गको डेभलमेन्ट बैंकहरु छन् । उनीहरुले पनि त्यस्तै गतिविधिहरु चलाउँदै आएका छन् । जहाँ जे आएपनि माइक्रोफाइन्सले गर्यो भनेर हामीकहाँ वेल्म हुने प्राटिक्स भइ रहेको छ । त्यसकारण कर्जा सूचना केन्द्रलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने देखिन्छ । ए, बी, सि, डि लाई एउटै नियमन हुनुपर्दछ ।

गाउँका मान्छेले सय कडा ५ रुपैयाँका दरले पैसा लिइ राखेका छन् । अहिले त्यो भनेको ६० प्रतिशत हो । हामीले १५ प्रतिशत भन्दा त एक पैसा पनि माथि लिएको छैनौँ । जहाँ गएपनि वित्तीय पहुँच लिनु हरेक नागरिकको अधिकार हो । त्यो दिन लघुवित्त संस्थाहरु प्रतिवद्ध छ ।
सबैभन्दा ठूलो स्वरोजगार सिर्जन गर्ने, स्थानीय स्तरमा भएको सीप अवसरलाई प्रयोग गरेर वित्तीय पहुँच पुर्याउन सक्यौं भने आर्थिक समृद्धि हुन्छ । गरिबी उन्मुलन हुन्छ । हामी सोही दिशा तर्फ तत्पर छौं ।