Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त

२०७८ जेष्ठ ४ गते

बैंकिङ खबर । सिटिजन्स बैंकले स्वतन्त्र संचालकमा अनिल ज्ञवालीलाई नियुक्त गरेको छ । बैंकको मंगलबार बसेको ३६२ औं सञ्चालक समितिको बैठकले अनिल ज्ञवालीलाई आषाढ १ गते देखि लागू हुने गरी बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । उनीमा बैंकिंग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव छ । सुदेश खालिङले राजीनामा दिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा ज्ञवालीलाई नियुक्त गरिएको बैंकले जनाएको छ । सुदेश खालिङ एभरेष्ट बैंकको सीइओ नियुक्त भएसँगै सो पद खाली थियो । ज्ञवाली शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल बैंकरका रूपमा परिचित छन् ।