२०७३ भाद्र ५ गते

सर्वाधिक नाफा कमाउने ‘पाँच राष्ट्रिय बैंकहरु’

banksआर्थिक वर्ष २०७२/०७३ मा वाणिज्य बैंकहरुले उल्लेख्य प्रगती गरेका छन् । खुद मुनाफामा उल्लेख्य वृद्धि गर्दै यस्ता बैंकहरुले आफूलाई सबल सावित गरेका छन् । सरकारी स्वामित्वमा रहेका ३ वटै बैंकहरुले २ अर्बभन्दा बढी नाफा कमाएका छन् । जसमध्ये, नेपाल बैंकको नाफा ३ अर्ब नाघेको छ । निजीस्तरका पनि २ वटा बैंकले  २ अर्बभन्दा बढी नाफा कमाएका छन् । ती बाहेक १३ वटा बैंकको नाफा १ अर्ब नाघेको छ भने अन्य बैंकहरुले पनि नाफामा उल्लेख्य प्रगती गरेका छन् । निजीस्तरका बैंकमध्ये, स्टान्डर्ड चार्टर्ड बैंकको नाफा घटेको छ । अरु सबै बैंकको नाफा बढेको छ । नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिको निर्देशन पूरा गर्न यो वर्ष थुप्रै बैंक तथा वित्तीय संस्थाले मर्जर, एक्विजिसन, हकप्रद तथा बोनस शेयर निष्काशन जस्ता बाटोहरु अपनाए । यसैको परिणाम गत वर्षको प्रगती विवरणमा देखिएको छ । यसैबिच, बैंकिङ खबर डट कमले तयार पारेको सर्वाधिक नाफा कमाउने ५ बैंकहरुको प्रगती विवरण यहाँ प्रस्तुत गरिन्छ : 

नेपाल बैंकको नाफा ३ अर्बभन्दा माथि
nepalनेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब १ करोड ८७ लाख रुपैयाँ मुनाफा कमाएको छ । बैंकले अघिल्लो बर्षको तुलनामा ५ सय २३ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो बर्षको सोहि अवधिमा बैंकले जम्मा ४८ करोड ३८ लाख रुपैंया मात्र कमाएको थियो । ६ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ३८ करोड ४७ लाख रुपैंया रहेको छ । बैंकको खुद व्याज आम्दानी ४ अर्ब ६९ करोड १२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २ अर्ब २१ करोड १८ लाख रुपैयाँ पुगेको छ । बैंकले ८९ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले जोखिम व्यवस्थापन कोषमा ३५ करोड ६५ लाख रुपैंया छुट्याएको छ भने ६२ करोड ९३ लाख रुपैंया खराब कर्जाबाट उठाएको छ । बैंकको निश्क्रिय कर्जा २ दशमलब ७२ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति ११ दशमलव ४१ प्रतिशत पुगेको छ । बैंंकको प्रतिशेयर आम्दानी ४६ दशमलव ६९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १० दशमलव ०७ गुणा, प्रतिशेयर नेटवथ १ सय ५ दशमलव ९५ रुपैयाँ र तरलता अनुपात ३७ दशमलव २० प्रतिशत रहेको छ ।

नविल बैंकको नाफा २ अर्ब ८२ करोड
nabilनविल बैंकले गत आर्थिक बर्षमार २ अर्ब ८२ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो आवको तुलनामा ७३ करोड रुपैयाँ बढि नाफा कमाएको हो । केही वर्षदेखि नाफामा सबै वाणिज्य बैंकहरुलाई उछिन्दै आएको बैंक गत वर्षको नाफाको आधारमा दोस्रो स्थानमा धकेलिएको छ । पहिलो स्थानमा यस पटक नेपाल बैंक आएको छ । निजी क्षेत्रका बैंकहरुको मात्रै नाफा हेर्दा भने नविल बैंक नै अग्रस्थानमा छ । बैंकले यसअवधिमा एक खर्ब १० अर्ब निक्षेप संकलन गरेर ७७ अर्ब ७३ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ । नविलले खुद ब्याज आम्दानीमा ८० करोड रुपैयाँ बढोत्तरी गर्दै ४ अर्ब ३२ करोड रुपैयाँ कमाएको छ । ४ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ५९ करोेड रुपैंयाँ रहेको छ । खराबकर्जा घटाएर बैंकले प्रोभिजनमा ५० लाख रुपैयाँ राखेको छ भने प्रतिशेयर आम्दानी झण्डै ६० रुपैयाँ पुर्याएको छ । बैंकको प्रति शेयर नेटवर्थ २ सय ५९ रुपैयाँ रहेको छ भने तरलता अनुपात २६ दशमलव ७६ प्रतिशत रहेको छ । बैंकको जोखिमयुक्त सम्पति १२ दशमलव ५५ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब ६४ करोड 
banijyaराष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ६४ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत वर्षको तुलनामा ४२ दशमलव ९७ प्रतिशत कम हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ मुनाफा कमाएको थियो । बैकले सो अवधिमा १ खर्ब ४६ अर्ब २० करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जातर्फ ८५ अर्ब ४७ करोड ३ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, बैंकको खुद व्याज आम्दानी ५ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २ अर्ब ७ करोड ७ लाख रुपैयाँ पुगेको छ । बैंकको नियमित क्रियाकलापबाट हुने आम्दानी ३६ दशमलव ५१ प्रतिशतले घटेको छ भने बोनस तथा कर अघिको नाफा ३८ प्रतिशतले घटेको छ । ८ अर्ब ५८ करोड चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ७३ करोड रुपैयाँ राखेको छ । एक वर्षको अवगधिमा १ अर्ब ९ करोड ६४ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ राखेको छ । बैंकको निश्क्रिय कर्जा १ दशमलव ४ प्रतिशतले घटेर ३ दशमलव ९५ प्रतिशत रहेको छ भने पूँजीकोषमा (जोखिम भारित सम्पत्ति) १ दशमलव ०४ प्रतिशतले बढेर ११ दशमलव २० प्रतिशत रहेको छ ।

कृषि विकास बैंकको नाफा २ अर्ब ५७ करोड
krishi-Dev-Bankकृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड ७२ लाख रुपैयाँ मुनाफा कमाएको छ । बैंकको मुनाफा अघिल्लो वर्षको तुलनामा २८ दशमलव ४७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकले ८७ अर्ब २६ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी कर्जातर्फ ७९ अर्ब ७५ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६ अर्ब १८ करोड ६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २ अर्ब ६८ करोड १० लाख रुपैयाँ पुगेको छ । बैंकको नियमित कारोबारबाट हुने आम्दानी २० दशमलव ७४ प्रतिशतले घटेको छ । त्यस्तै, बोनश र कर अघिको नाफा २० दशमलव ३३ प्रतिशतले घटेको छ । १० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा ८ अर्ब ३८ करोड ५३ लाख रुपैयाँ राखेको छ । एक वर्षमा ६२ करोड ३७ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ५६ करोड १९ लाख रुपैयाँ राखेको छ । बैंकको जोखिमयुक्त सम्पत्ति १ दशमलव १५ प्रतिशतले घटेर १२ दशमलव ८४ प्रतिशतमा कायम भएको छ भने निश्कृय कर्जा १ दशमलव ५ प्रतिशतले घटेर ३ दशमलव ८५ प्रतिशतमा कायम भएको छ । बैंकको प्रति शेयर आम्दानी ५५ दशमलव ६४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ८० गुणा, प्रतिशेयर नेटवर्थ ३ सय ३ दशमलव १५ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ३३ प्रतिशत रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा साढे २ अर्ब 
Nepal-Investment-bank-5नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ३० दशमलव ०२ प्रतिशत बढी मुनाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकले १ अर्ब ९६ करोड रुपैयाँ मुनाफा कमाएको थियो । ७ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा १० अर्ब ५५ करोड ५८ लाख रुपैयाँ राखेको छ । १ खर्ब ८ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरी बैंकले कर्जामा ८७ अर्ब ९७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३ अर्ब ९२ करोड ११ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । प्रोभिजनमा ४३ करोड ६४ लाख रुपैयाँ नकारात्मक रहेको बैंकले सो अवधिमा ३५ करोड रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकको प्रति शेयर आम्दानी (वार्षिक) ३५ दशमलव १६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) २९ दशमलव ५८ गुणा, प्रतिशेयर नेटवर्थ २ सय ४५ दशमलव ४९ रुपैयाँ रहेको छ ।  निष्कृय कर्जातर्फ शुन्य दशमलव ५७ प्रतिशतले घटेर शुन्य ६८ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पतिमा ४ दशमलव २९ प्रतिशतले बढेर १६ दशमलव १९ प्रतिशत रहेको छ ।