February 8th, 2016

‘क’ ‘ख’ ‘ग’ र ‘घ’ बर्गका बैंकबारे जानकारी, कसरी दिन्छन् सेवा ? (विवरणसहित)

bank1बैंक यस्तो वित्तीय संस्था हो, जहाँ मानिसहरुले आफ्ना धनराशी जम्मा गर्ने गर्दछन् । तथा आवशयक पर्दा ऋणको रुपमा चल अचल पूँजी निकाल्न सक्दछन् । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकवाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । जनताले आफूले बैंकमा जम्मा गरेको धनराशी पुर्व निर्धारित बैंकिङ नियम पुरा गरि निकाल्न र पुनह राख्न पनि सक्दछन् । कसैलाइ कर्जा आबश्यक परेको खण्डमा आवश्यक प्रकृया पुरा गरी ऋण लिन सक्दछन् । विशेषत मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुन बमोजिम संगठित संस्थालाई बैंक भनिन्छ । प्रयोगात्मक नेपाली शब्दकोश २०६१ मा चाहेको बेला झिक्न पाउने गरी राखिदिने ब्याजमा ऋण दिने आदि आर्थिक कारोबार गर्ने संस्थालाइ बैंक भनिएको छ ।

किन आवश्यक छ बैंक ?

  • आर्थिक शोषणबाट जनतालाई मुक्ती दिलाउन
  • उद्ध्योगधन्दा एबम ब्यापारको बिकास गर्न
  • आर्थिक विकास गर्न
  • बहुमुल्य बस्तु एबम धनको सुरक्षा प्रदान गर्न
  • कोषको स्थानान्तरण गर्न
  • रोजगार एबम् सीपमुलक ब्यवसायको सृजना गर्न
  • बचत गर्ने बानिको बिकास गर्न
  • अर्थब्यवस्थाको मौद्रिकीकरण गर्न
  • कृषि एवम् पिछडिएको क्षेत्रको विकास गर्न
  • समग्र रुपमा आर्थिक सन्तुलन कायम गर्न
  • विदेशी मुद्राको बिनियम एबम नियन्त्रण गर्न
  • मुद्राको ब्यबस्थापन एबम कर्जामा नियन्त्रण र मुल्यमा स्थिरता कायम गर्न

बर्ग अनुसारका बैंकहरुको काम,कर्तब्य र अधिकारहरु 
“क” वर्गका बैंकको काम, कर्तब्य र अधिकारहरु

  • ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुत्तानी दिने ।
  • राष्ट्र बैंकले तोकेबमोजिम कर्जा दिने ।
  • प्रचलित कानुनको अधिनमा रही बिदेशी बिनिमय कारोबार गर्ने ।
  • हायर पर्चेज, हाउजिङ, हाइपोथिकेशन, लिजिङ तथा सेवा ब्यबसायको लागी कर्जा दिने ।
  • राष्ट्र बैंकको निर्देशनको अधिनमा रही मर्चेन्ट बैंकिङ कारोबार गर्ने ।
  • अन्य इजाजतपत्र प्राप्त सस्थासंग मिली सहबित्तियकरणको आधारमा धितो बिभाजन गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुत्त रुपमा कजाृ दिने दिलाउने ब्यबस्था गर्ने ।
  • आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसंग आबश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पति धितो बन्धक लिने वा तेश्रो ब्यत्तिको जेथा जमानत लिने ।
  • स्वदेशी वा बिदेशी बैंक वा बित्तिय संस्थाको जमानतमा कर्जा दिने ।
  • प्रतितपत्र, बिनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य बित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुत्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीद बिक्री गर्ने ।
  • राष्ट्र बैंकको निर्देशनको अधिनमा रही टेलिफोन,टेलेक्स, फ्याक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा अन्य त्यस्तै प्रकारका बिद्धुतिय उपकरण वा साधनको माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने, रकमान्तरण गर्ने ।
  • राष्ट्र बैंकको निर्देशनको अधिनमा रही क्रेडिटकार्ड, डेविटकार्ड, चार्जकार्ड लगायत अन्य बित्तिय उपकरणहरु जारी गर्ने, स्वीकार गर्ने र सो सम्बन्धी कार्य गर्ने एजेण्ट नियुत्त गर्ने
  • एटिएम र क्यास डिस्पेन्सिङ मेशिनको माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने र कर्जा दिने ।
  • आफुले पत्याएको ब्यत्तिलाइ अधिबिकर्ष कर्जा दिने ।
  • आफुकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पतिको मूल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धितोमा रहिसकेको चल अचल सम्पतिको पुन धितोमा त्यसको मुल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
  • राष्ट्र बैंकले तोकेको शर्तमा राष्ट्र बैंकको एजेण्ट भइ नेपाल सरकारको तर्फबाट सरकारी कारोबार लगायत अन्य कारोबार गर्ने ।
  • नेपाल राज्यभित्रमा वा बिदेशमा विनिमयपत्र, चेक वा अन्य बित्तिय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, सुन, चाँदी, शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश तथा प्रतिज्ञापत्र, डिबेन्चर, बण्ड आदिको ब्याज असुलउपर गर्ने ।
  • ग्राहकको निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश, डिबेन्चर वा सुरक्षणको ब्याज उठाइ दिने र सो को लाभांश, मुनाफा वा ब्याज नेपाल राज्यभित्र वा बिदेशमा समेत पठाउने ।
  • नेपाल सरकार वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र खरीदबिक्री गर्ने वा सकार गर्ने ।
  • सेफ डिपोजिट भल्टको ब्यबस्था गर्ने ।
  • राष्ट्र बैंकले तोकिदिएको शर्तमा वासलात बाहिरको काम गर्ने ।
  • विपन्न वर्ग, न्युन आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागी ब्यत्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोकेबमोजिमको रकमसम्म कर्जा दिने ।
  • आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
  • अन्य कुनै इजाजतपत्र प्राप्त संस्थाबाट आफ्नो ग्राहकलाइ कर्जा उपलब्ध गराउन जमानी गर्ने ।
  • राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रही शेयर, डिबेन्चर, बण्ड, ऋणपत्र, बचतपत्र वा अन्य बित्तिय उपकरणको माध्यमबाट पुजी परिचालन गर्ने ।
  • आबश्यकता अनुसार राष्ट्र बैंकबाट पुनकर्जा लिने वा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिनेदिने ।
  • परियोजना स्थापना, सन्चालन र मुल्याङ्कन सम्बन्धी अध्ययन, अनुगमन, सर्वेक्षण गर्ने गराउने तथा तालिम, परामर्श र अन्य जानकारी उपलब्ध गराउने ।
  • परियोजनाको प्रबर्धनका लागी नेपाल सरकार वा अन्य स्वदेशी वा बिदेशी निकायबाट प्राप्त भएको रकम कर्जाको रुपमा प्रवाह गर्ने वा कर्जाको ब्यवस्थापन गर्ने ।
  • कुनै व्यत्ति वा संस्थालाइ कर्जा दिदा वा निजसंग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागी आबश्यक शर्त गराउने ।
  • आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने ।
  • समितिले बनाएको विनियमको अधिनमा रही कर्जा अपलेखन गर्ने ।
  • आफ्नो जायजेथाको उचित प्रबन्ध वा बिक्री गर्ने ।
  • राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने ।

“ख” बर्गका बैंकको काम,कर्तब्य र अधिकारहरु

  • राष्ट्र बैंकले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुत्तानी दिने ।
  • हाइपोथिकेशन कर्जा बाहेक अन्य कर्जा दिने ।
  • प्रचलित कानुन तथा राष्ट्र बैंकको अधिनमा रही बिदेशी बिनिमय कारोबार गर्ने ।
  • अन्य इजाजतपत्र प्राप्त सस्थासंग मिली सहबित्तियकरणको आधारमा धितो बिभाजन गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुत्त रुपमा कजाृ दिने दिलाउने ब्यबस्था गर्ने ।
  • आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसंग आबश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पति धितो बन्धक लिने वा तेश्रो ब्यत्तिको जेथा जमानत लिने ।
  • एटिएम र क्यास डिस्पेन्सिङ मेशिनको माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने र कर्जा दिने ।
  • प्रतितपत्र, बिनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य बित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुत्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीद बिक्री गर्ने ।
  • राष्ट्र बैंकको निर्देशनको अधिनमा रही टेलिफोन,टेलेक्स, फ्याक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा अन्य त्यस्तै प्रकारका बिद्धुतिय उपकरण वा साधनको माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने, रकमान्तरण गर्ने ।
  • आफुले पत्याएको ब्यत्तिलाइ अधिबिकर्ष कर्जा दिने ।
  • आफुकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पतिको मूल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धितोमा रहिसकेको चल अचल सम्पतिको पुन धितोमा त्यसको मुल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
  • राष्ट्र बैंकले तोकेको शर्तको अधिनमा रही प्रतितपत्र निष्काशन तथा स्वीकार गर्ने ।
  • नेपाल राज्यभित्रमा वा बिदेशमा विनिमयपत्र, चेक वा अन्य बित्तिय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, सुन, चाँदी, शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश तथा प्रतिज्ञापत्र, डिबेन्चर, बण्ड आदिको ब्याज असुलउपर गर्ने ।
  • ग्राहकको निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश, डिबेन्चर वा सुरक्षणको ब्याज उठाइ दिने र सो को लाभांश, मुनाफा वा ब्याज उठाइ दिने ।
  • नेपाल सरकार वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र खरीदबिक्री गर्ने वा सकार गर्ने ।
  • सेफ डिपोजिट भल्टको ब्यबस्था गर्ने ।
  • राष्ट्र बैंकले तोकिदिएको शर्तमा वासलात बाहिरको काम गर्ने ।
  • विपन्न वर्ग, न्युन आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागी ब्यत्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोकेबमोजिमको रकमसम्म कर्जा दिने ।
  • आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
  • अन्य कुनै इजाजतपत्र प्राप्त संस्थाबाट आफ्नो ग्राहकलाइ कर्जा उपलब्ध गराउन जमानी गर्ने ।
  • राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रही शेयर, डिबेन्चर, बण्ड, ऋणपत्र, बचतपत्र वा अन्य बित्तिय उपकरणको माध्यमबाट पुजी परिचालन गर्ने ।
  • आबश्यकता अनुसार राष्ट्र बैंकबाट पुनकर्जा लिने वा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिनेदिने ।
  • परियोजना स्थापना, सन्चालन र मुल्याङ्कन सम्बन्धी अध्ययन, अनुगमन, सर्वेक्षण गर्ने गराउने तथा तालिम, परामर्श र अन्य जानकारी उपलब्ध गराउने ।
  • परियोजनाको प्रबर्धनका लागी नेपाल सरकार वा अन्य स्वदेशी वा बिदेशी निकायबाट प्राप्त भएको रकम कर्जाको रुपमा प्रवाह गर्ने वा कर्जाको ब्यवस्थापन गर्ने ।
  • कुनै व्यत्ति वा संस्थालाइ कर्जा दिदा वा निजसंग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागी आबश्यक शर्त गराउने ।
  • आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने ।
  • कुनैपनि ब्यत्ति फर्म कम्पनी वा संस्थालाइ सवारी साधन मेशिन औजार उपकरण घरायसी टिकाउ समान वा त्यस्तै अन्य चल सम्पतिको लागी किस्तावन्दी वा हायर पर्चेज कर्जा उपलब्ध गराउने ।
  • जग्गा बिकास
  • समितिले बनाएको विनियमको अधिनमा रही कर्जा अपलेखन गर्ने ।
  • आफ्नो जायजेथाको उचित प्रबन्ध वा बिक्री गर्ने ।
  • राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने ।

“ग“ बर्गका बैंकको काम, कर्तब्य र अधिकारहरु

  • राष्ट्र बैंकले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुत्तानी दिने ।
  • हाइपोथिकेशन कर्जा बाहेक अन्य कर्जा दिने ।
  • मर्चेन्ट बैंकिङ कारोबार गर्ने ।
  • अन्य इजाजतपत्र प्राप्त सस्थासंग मिली सहबित्तियकरणको आधारमा धितो बिभाजन गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुत्त रुपमा कजाृ दिने दिलाउने ब्यबस्था गर्ने ।
  • बैंक वा बित्तिय संस्थाको जमानतमा कर्जा दिने ।
  • आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने ।
  • आफुकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पतिको मूल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धितोमा रहिसकेको चल अचल सम्पतिको पुन धितोमा त्यसको मुल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
  • आफ्नो जायजेथाको उचित प्रबन्ध गर्ने , बिक्री गर्ने वा बहालमा दिने ।
  • प्रतितपत्र, बिनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य बित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुत्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीद बिक्री गर्ने ।
  • भारतीय रुपैया खरीद बिक्री गर्ने ।
  • विपन्न वर्ग, न्युन आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागी ब्यत्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोकेबमोजिमको रकमसम्म कर्जा दिने ।
  • आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
  • कुनै व्यत्ति वा संस्थालाइ कर्जा दिदा वा निजसंग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागी आबश्यक शर्त गराउने ।
  • कुनैपनि ब्यत्ति फर्म कम्पनी वा संस्थालाइ सवारी साधन मेशिन औजार उपकरण घरायसी टिकाउ समान वा त्यस्तै अन्य चल सम्पतिको लागी किस्तावन्दी वा हायर पर्चेज कर्जा उपलब्ध गराउने ।
  • जग्गा बिकास
  • ग्राहकको निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश, डिबेन्चर वा सुरक्षणको ब्याज उठाइ दिने र सो को लाभांश, मुनाफा वा ब्याज उठाइ दिने ।
  • आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसंग आबश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पति धितो बन्धक लिने वा तेश्रो ब्यत्तिको जेथा जमानत लिने ।
  • राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने ।

“घ” बर्गका बैंकको काम,कर्तब्य र अधिकारहरु

  • राष्ट्र बैंकले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुत्तानी दिने ।
  • तोकिएबमोजिम कर्जा प्रदान गर्ने ।
  • राष्ट्र बैंकले तोकिदिएको अबधिसम्म नियमित बचत गरी तोकेको बचत कायम राखेका समुह वा समुहका सदस्यलाइ लघु ब्यबसाय सन्चालन गर्न कुनै चल अचल सम्पति सुरक्षण वा जमानत लिइ वा नलिइ लघु कर्जा दिने ।
  • इजाजतपत्र प्राप्त संस्था वा स्वदेशी तथा बिदेशी संघसंस्था आदिबाट ऋण वा अनुदान प्राप्त गर्ने र त्यस्तो ऋण वा अनुदान लघुु कर्जा बितरणमा वा सो कार्यलाइ प्रभावकारी बनाउने कार्यमा प्रयोग गर्ने । कुनै संघसंस्था आदिबाट ऋण वा अनुदान लिनु अघि राष्ट्र बैंकको स्वीकर्ति आबश्यक छ ।
  • लघुकर्जा उपलब्ध गराउनु अगाडी जुन कार्यको लागी कर्जा माग भएको हो सो को मुल्यांकन र सम्भाव्यता पहिचान गर्नु पर्दछ ।
  • न्युन आय भएका ब्यत्तिको आर्थिक स्थितीमा सुधार हुने खालका लघु ब्यबसाय गर्ने ।
  • लघु ब्यबसाय सम्बन्धमा गोष्ठी सञ्चालन गर्ने, परियोजना तर्जुमा प्रशिक्षण दिने, सहयोग गर्ने, प्राबिधिक ज्ञान दिलाउने र आबश्यकताअनुसार प्राविधिक सहयोग जुटाउने ।
  • लघु कर्जा परिचालन सम्बन्धमा समुहलाइ आबश्यक सेवा प्रदान गर्ने ।
  • लघुकर्जा समयमा असुलउपर गर्नेतर्फ आबश्यक कारबाही गर्ने ।
  • लघुकर्जाको उचित उपयोग भए नभएको सम्बन्धमा अनुगमन गर्ने र उचित प्रयोग नदेखिएमा आबश्यक निर्देशन दिने ।
  • आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
  • आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने तथा जायजेथाको उचित प्रबन्ध गर्ने ।

बैंकले प्रदान गर्ने सेवाहरु

  • निक्षेप स्वीकार गर्ने
  • कर्जा प्रदान गर्ने
  • बिदेशी मुद्राको बिनिमय
  • सेफ्टी भल्ट
  • लकर प्रणाली
  • बैंक अधिबिकर्ष
  • बिप्रेषण
  • बैंक जमानत
  • कार्यसम्पादन जमानत
  • ब्यापारी बैंकिङ सुविधा
  • अभिकर्ता सेवा
  • सुचना
  • बाणिज्य नोट खरीद गर्ने
  • बित्तिय परामर्श

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]