Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कैलालीमा पहिलोपटक सनराईज बैंकको शाखारहित सेवा

admin २०७३ श्रावण ३१ गते
सेयर:

timthumbसनराईज बैंक लिमिटेडले कैलालीको मसुरिया बजारमा सोमबारबाट शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । कैलाली जिल्लामै बैंकको पहिलो शाखारहित बैंकिङ्ग सेवा सोमबार एक कार्यक्रम आयोजना गरी सुरु गरिएको हो । मसुरिया बजार व्यवस्थापनका अध्यक्ष राजेन्द्र प्रसाद देवकोटाले शाखारहित बैकिङ्ग सेवा उद्घाटन गरेका हुन् । रकम जम्मा गर्न एकपटकमा बढीमा ५० हजार रुपैयाँसम्म दैनिक ४ पटक र निकाल्न एकपटकमा २० हजार रुपैयाँसम्म दैनिक ६ पटकसम्म मिल्ने गरी सुरु गरिएको शाखा प्रमुख सुरेन्द्र शाहीले जानकारी दिए ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।