February 14th, 2021

महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल

बैंकिङ खबर । महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको हो।
विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालको २५ वर्षको बैकिङ्ग अनुभव रहेको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]