November 27th, 2020

‘सेयर बजारमा लगानी गर्ने कसैले हार्नुपर्दैन’ – नेप्से सिईओ साउँदको अन्तरबार्ता

बैंकिङ खबर । पछिल्लो समय नेपाली सेयर बजारमा लगानीकर्ताको आर्कषण बढिरहेको छ । नेपाली सेयर बजारले दिनैपिछे नयाँ रेकर्ड कायम गर्दा यतिबेला आम लगानीकर्ता उत्साहित भएका छन् । सेयर बजारमा लगानीकर्ताको किन आर्कषित भइरहेका छन् ? वर्तमान पूँजी बजारको अवस्था कस्तो छ ? भन्दै, नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’का (सिईओ) चन्द्र सिँह साउँदसंग बैंकिङ खबर संवाददाता आकास बोगटीले गरेको कुराकानी प्रस्तुत छ ।

नेपालको वर्तमान पूँजी बजारको अवस्था कस्तो छ ?

नेपालको वर्तमान पूँजी बजार विकासको गतिमा अघि बढिरहेको छ । पहिले पहिले पूँजी बजारलाई इन्फेन्ट स्टेजमा छ भन्थ्ये, तर अहिले प्रविधिले मारेको फड्कोले गर्दा पूँजी बजार ‘मेजोरीटि’मा गइरहेको छ । एकातिर प्रविधिको विकास र अर्काे तर्फ लगानीकर्तामा आएको सचेतनाले गर्दा पूँजी बजार विकासको गतिमा अघि बढिरहेको छ । अहिले लगानी कर्ताहरु आफुले लगानी गर्ने कम्पनीको शुक्ष्म अध्यन गरी लगानी गर्ने लगानीकर्ता बढिरहेका छन् । नेपालको पूँजी बजार पहिले नेपालमा मात्र सिमित थियो, भने अहिले प्रविधिको विकास संगै पूँजी बजार नेपालमा मात्र सिमित नभएर अन्तर्राष्ट्रिय रुपमा विश्वभर रहनु भएका नेपाली जनमानस जसको डिम्याट खाता र बैंक खाता नेपालमा छ त्यस्ता व्यातिmले लगानी गर्ने अवसर पाएका छन् । पहिले लगानी कर्ताहरुले सेयर खरिद बिक्री गर्दा ब्रोकरहरु मार्फत मात्र कारोबार हुन्थ्यो भने, अहिले अनलाइन प्रणालीले गर्दा लगानी कर्ताले अनलाइनबाट ‘युजर नेम र पासवर्ड’ लिएर इन्टरनेटको पौच भएको जतासुकै बाट पनि सेयर खरिद बिक्री तथा अर्डर लगायतका कारोबार घरबाटै गर्न मिल्ने भएको छन् । जसले गर्दा अहिले पूर्ण रुपमा सेयर बजारको विकास भइसक्यो नभनौ तर, पनि विकासको गतिमा अगाडि बढिरहेको छ ।

पछिल्लो समय सेयर बजार बढेर गएको हो ?

पछिल्लो समयमा सेयर इन्डेक्स मात्र नभएर, सेयरमा लगानी गर्ने लगानीकर्ता संख्या र कारोबार रकम समेत बढ्दो क्रममा छ । संम्रग हिसाबले हेर्दा अहिले पूँजी बजारको वृद्धि भइरहेको अवस्था छ । किन पनि सेयर बजार बढिरहेको छ भन्नुहुन्छ भने, अहिले प्रविधिले मारेको फड्कोले गर्दा लगानीकर्तालाई भएको सहजताले गर्दा सेयरमा लगानी गर्ने लगानीकर्ताहरुका संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

सेयर कारोबार रकममा निकै बढोत्तरी आएको छ, यसले के संकेत गर्छ ?

सेयर कारोबारमा रकम घटबढ भइरहेको नै हुन्छ । तर, पछिल्लो समयमा सेयर कारोबार बढ्नुमा पहिलो त प्रविधिको विकास नै हो । प्रविधिको विकासले गर्दा लगानीकर्ताले पाएको सहजता, अर्काे कोरोना माहामारीले विभिन्न क्षेत्र ठप्प हुँदा अन्यन्त्र लगानीका क्षेत्र कम भएकाले सेयर बजार लगानीकर्ता भित्रिएको पाउन सकिन्छ । जसले गर्दा सेयर कारोबार रकममा वृद्धि भएको हो । पहिले पहिले लगानीकर्ताले सेयर खरिद बिक्री गर्न ब्रोकर कम्पनी मार्फत अर्डर हाल्ने गर्दथ्य, भने अहिले अनलाइ प्रणालीबाट ‘युजर नेम र पासवर्ड’ लिएर आम लगानी कर्तालाई घर, अफिस जतासुकैबाट पनि खरिद बिक्रीको लागि अर्डर हाल्न पाउने सुविधा भएका कारण लगानीको संख्यामा उल्लेख्य रुपमा वृद्धि भई सेयर कारोबार रमकमा समेत वृद्धि भइरहेको छ । त्यस्तै, अहिले बैंक तथा वित्तीय क्षेत्रले लगानीकर्तालाई सस्तो सहज रुपमा कर्जा प्रवाहले पनि लगानीकर्तामा वृद्धि भई कारोबार रकम बढेको हो ।

नेपालको सन्दर्भमा पूँजी बजार क्षेत्रमा डिजिटल सिष्टमले कस्तो फड्को मारेको छ ?

अहिले डिजिटल प्रविधिले गर्दा आम लगानीकर्तालाई अनलाइन ‘यूजर नेम र पासर्वड’ दिएर सेयर खरिद बिक्री लगायत अर्डर गर्न सक्ने सुविधा मिलेको छ । डिजिटल क्षेत्रमा प्रवेश गर्नु पहिले दैनिक १ अर्व कारोबार हुँदा निकै कारोबार भएको मानिन्थ्यो, तर दैनिक ४ अर्ब ५ अर्ब कारोबार भइरहेको छ । दैनिक रुपमा यतिको कारोबार हुनुमा डिजिटल प्रविधिले गर्दा सम्भव भएको हो । अहिले सेयर खरिद बिक्रीको लागि ब्रोकर कार्यालय धाइरहनु पर्ने समस्या पूर्ण रुपमा निमूल भएको छ । पहिले कस्तो हुन्थ्यो भने ब्रोकर कार्यालका कर्मचारीले दैनिक कति अर्डर खरिद बिक्रि गर्न सक्थ्ये त्यती नै कारोबार हुन्थ्यो भने, डिजिटल सिष्टम भित्रिसके पछाडि इच्छुक लगानीकर्ता जो वा जति सुकैले पनि सेयर खरिद बिक्री गर्न मिल्ने, सेयर खरिद बिक्री गरको रकम बैंक मार्फत तिर्न मिल्ने, कम्पनीको डिटेल लगायतका कामको लागि डिजिटल सिष्टमले निकै नै सहज पुर्याइको अवस्था छ । कुनै व्याक्तिले सेयर खरिद गर्छ भने त्यो सेयर उसको सम्पति हो । व्यातिmले आफ्नो सम्पत्तिको आफ्नो इच्छा अनुसार खरिद बिक्री गर्न चाहान्छ । त्यसैले सेयर बजारमा डिजिटल सिष्टम ‘अनलाइन’ले मारेको फड्कोले गर्दा लगानीकर्ताको इच्छा अनुरुप सेयर खरिद बिक्री गर्न पाउने अवस्था सृजना भएको छ ।

नेपालको सन्दर्भमा पूँजी बजारमा कति लगानीकर्ता छन् ? कतिले अनलाइन मार्फत कारोबार गर्दछन् ?

अहिलेको अवस्थामा नेपालको पूँजी बजारमा ३ लाख ३८ हजार लगानीकर्ता छन् जसमा रेगुलर अनलाइन मार्फत सेयर खरिद बिक्री गर्नेको संख्या १ लाख ७५ हजार रहेको छ ।

के अब अझौ पूँजी बजार बढ्दै जान्छ होला ?

पूँजी बजार स्वतन्त्र ढंगले चल्छ । पूँजी बजारको बिउटी नै घटबढ भइरहने हो । नेपालको पूँजी बजारको इतिहासलाई हेर्दा बजार बढदै गइरहेको अवस्था छ । प्रतिफलको आधारलाई हेर्दा छिमेकी राष्ट्रको तुलनामा नेपालको पूँजी बजारको अवस्था राम्रो छ । लगानी कर्ता परिपक्क भइरहेका छन् । हिजो अरुको भनाइको आधारमा लगानी गर्दथ्य भने अहिले आफुले लगानी गर्ने कम्पनीको अध्यन गरी लगानी गर्ने बानीको विकास भइरहेको छ । लगानीकर्ताले कहाँ लगानी गर्ने स्वतन्त्र रुपमा लगानी गर्न पर्दछ । ताकी भोली हामी हुबेउ भन्ने अवस्था नआवस । जहाँ धेरै प्रतिफल हुन्छ तेती नै जोखिम रहन्छ त्यसैले सुजबुझका साथ लगानी गर्न आवश्यक हुन्छ । नेपालको पूँजी बजारको चार वर्षमा पालो आउँछ । विगतको अवस्थालाई हेर्दा प्रत्येक ४ वर्षमा मूल्य बढेको अवस्था थियो । पहिले बैंक बीमा तथा वित्तीय क्षेत्रको पूँजी चार गुणा सम्म बढेको अवस्था थियो । जसकारण ‘सपलाई’ बढि थियो र ‘डिमान्ड’ कम थियो तर, अहिले स्वदेश विदेशबाट लगानी गर्ने क्रम बढदै गइरहेकाले ‘सपलाइ’ र ‘डिमाण्ड’को एडजस्टमेन्ट मिल्न गएकाले सेयर कारोबार बढन गएको हो । अहिले जसरी सेयर बजारमा लगानीकर्ता बढिरहेको अवस्था छ । लगानीकर्ताले लागत र प्रतिफलको अनुमान गरी लगानी गरेमा सेयर बजारको भविष्य सुनौलो देख्छु ।

पूँजी बजारमा लगानी गर्न चाहाने नयाँ पुस्तालाई के भन्नुहुन्छ ?

पैंशाले नै पैशा कमाउने हो तर, आँखा चिम्लेर अरुले भनेको भरमा लगानी गर्न हुदैन् । नयाँ लगानी कर्ताहरुले पहिलो प्राथमिक बजारको आइपिओमा लगानी गर्ने, विभिन्न म्यूचलप फण्डहरु छन् त्यसमा लगानी गर्ने, आफुले लगानी गर्न लागेको कम्पनी कस्तो छ त्यसको बारेमा विश्लेषण गर्ने, आफुले कारोबार गर्न लागेको ब्रोकरसंग सल्लाह लिएर मात्र सेयर बजारमा आगमन गर्न नयाँ पुस्तालाई आग्रह गर्दछु । सामान्य तया लगानी भन्नाले १ वर्ष बढिको समय अवधिको लागि बुझछौ । दुई तीन वर्षको योजना बनाएर विभिन्न पोेटो फिलियोमा मिलायर लगानी गर्न हो भने त्यसबाट प्रतिफल पनि खोज्ने हो । आफुले लगानी गर्न लागेको कम्पनीको विगतको पर्फमेन्स, भविष्यको योजना बझेर लगानी गर्याे भने लगानी खेर जादैन् । तर, लगानीकर्ताले आफ्नो क्षमता अनुसार लगानी गर्नुपर्दछ ।

कतिपय व्यत्तिले सेयर बजारलाई जुवा घरका रुपमा परिभाषित गरेका छन् ? यसमा के भन्नुहुन्छ ?

सेयर बजार जुवा हुदै होइन् । जुवा हार्ने र जित्नेको खेल हो तर सेयर बजारमा कसैको हार हुदैन् । यहाँ बेच्नेले पनि जितेको हुन्छ । किन्नेले पनि जितेको हुन्छ । सेयरमा लगानी गर्नु भनेकोे विरुवा रोपेको जस्तो हो । एउटा विउ लगायर भोलि धेरै फलको आसा गरिएको हुन्छ । त्यसैले यति विचार गर्नु, विउ राम्रो लगाएपछि भोलि राम्रो फल लाग्छ भन्ने सोचिन्छ त्यस्तै, सेयरमा लगानी गर्दा राम्रो कम्पनी लगानी गर्नुपर्दछ, मूनाफा आफै आउँछ । त्यसैले सेयर बजार जुवा होइन यो त व्यापार हो ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

आम लगानीकर्तालाई आफ्नो लगानी कहाँ गर्ने, कति समयका लागि लगानी गर्ने त्यसको निश्चित गर्ने, लगानी लहरको भरमा होइन सो विवेकले गर्नुभयो भने तपाईको लगानीले प्रतिफल निश्चित रुपमा पाउँनुहुन्छ र नेपालको पूँजी बजारको भविष्य अत्यन्त राम्रो छ । अहिले प्रविधिले गर्दा लगानीकर्ताले आफ्नो पेशा व्यवसाय नछोडेर घरबाटै लगानी गर्ने अवसरको उच्चतम प्रयोग गर्नुहोस । सामान्य हिसाबले हेर्दा प्रविधि नेप्सेले मात्र उपलब्ध गराएको देखिन्छ । तर, त्यस्तो होइन् यसमा धेरै किसिमका भेन्डर कम्पनी हुन्छन् । जुनसुकै भन्डर कम्पनीमा समस्या आयमा नेप्सेले काम गदैन् । जस्तै, इन्टरनेट सेवा प्रर्दायक छ त्यसमा समस्या आयो भने नेप्सेमा पनि समस्या आउँछ । लगानीकर्ताले पनि के–कति क्षमताको इन्टरनेट लगायतका स्रोत साधन प्रयोग गरिरहेका छन् त्यसले पनि असर गर्छ । त्यस्तै, डेटा सेन्टर, बैंकवित्तमा समस्या आएमा नेप्सेमा पनि समस्या आउँछ, त्यैसलै धेरै समष्टिगत संस्था मिलेर सिष्टम बनेको हुन्छ । आम लगानीकर्ताको बुझाई के नपारोस भने कहि कतै समस्या आएमा नेप्सेको सिस्टमा समस्या आयो भन्नु हुदैन् । तर हामी सम्पूर्ण संस्था संमोनय गरेर पार्दशिताका साथ उच्चतम प्रविधिको प्रयोग गरेर सुविधा दिएका छौं यसको उच्चतम प्रयोग गरी लाभ प्राप्त गर्न आग्रह गर्दछु ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]