Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Old Post dont touch बैंकिङ सूचना

बैकिंङमा डिप्लोमा गरेकालाई प्राथमिकता

२०७२ माघ १९ गते

economic 2विकास बैंकहरुका कर्मचारीलाई समयानुकुल दक्ष बनाउने उद्देश्यले तालिम, गोष्ठी, सेमिनार तथा अन्तकृया आयोजना गरिने भएको छ । यसका लागि डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआइ) बीच औपचारिक सम्झौता भएको छ । एशोसिएसनले सञ्चालन गर्दै आएको तालिम तथा सेमिनारहरुलाई अझ वढी व्यवसायिक बनाउँदै लैजान दुई संस्थाबीच सम्झौता भएको हो ।

विकास बैंकमा कर्यरत व्यवस्थापकीय तथा अन्य कर्मचारीका ज्ञान र सीप अभिबृद्धि गर्नका लागि एनबिआइसँग सम्झौता गरिएको लामिछानेले बताए । सहमति अनुसार एनबिआइले विकास बैंकका कर्मचारीलाई आवश्यक पर्ने तालिम बारे अध्ययन गर्ने छ र त्यसै अनुसार आवश्यक तालिम तथा सेमिनार आयोजना गर्ने छ । एनबिआइले विकास बैंकहरुलाई प्रोसेस रिइन्जिनियरिङ गर्न, नीति तथा कार्य्विधि तयार गर्नका लागि आवश्यकता अनुसार परामर्श पनि दिने छ । विकास बैंकहरुले कर्मचारी भर्ना गर्दा एनबिआइबाट बैंकिङमा डिप्लोमा गरेका उमेदवारलाई प्राथमिकतामा राख्ने पनि सहमति भएको छ

सम्झौतापत्रमा एशोसिएसनका अध्यक्ष कृष्णराज लामिछाने र एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा एशोसिएसनका प्रथम उपाध्यक्ष राजेन्द्रप्रसाद पौडेल, महासचिव कमल गौतम र कोषाध्यक्ष उमेशसिंह भन्डारी तथा एनबिआइका एकेडेमिक डाइरेक्टर बीएन घर्ति र कार्यक्रम प्रमुख धनवहादुर थापा पनि उपस्थित थिए ।