२०७७ कार्तिक १८ गते

कुशल लिडरले टीमलाई दोष दिँदैनन्, माइक्रोसफ्टका सीईओ सत्य नडेलाको बिचार

माइक्रोसफ्टका सीईओ सत्य नडेलाले उत्कृष्ट नेतृत्वका गुणहरू सेयर गरेका छन् । नडेलाका अनुसार यी चार चीजहरू बलियो नेतृत्वको लागि महत्वपूर्ण छ ।
१. “मलाई थाहा छ” होइन “म सिक्न चाहन्छु”
दुई प्रकारका मानिस हुन्छन् । एक जो सक्षम, जानकार छन् र विश्वास गर्छन् कि उनीहरूले अब सिक्नुपर्दैन, उनीहरू सबै जान्दछन् । अर्को जोे  कम जान्दछन, सक्षम छैनन्, तर आफैंमा निरन्तर काम गर्छन्, सिक्न बन्द गर्दैनन्, निरन्तर प्रयास र कडा परिश्रमबाट आफैलाई सुधार गर्न प्रयास गर्दछन् । जब हामी बुझ्छौं कि हामीलाई सबै थाहा छ, हामी विज्ञ हौं, गुरु हौ, तब हामीे सिक्न छाड्छौ । हामी विश्वास गर्न थाल्छौं कि हामी यो भन्दा अधिक दिन सक्दैनौं र यति नै हाम्रो सर्वश्रेष्ठ उत्तम हो, ज्ञान प्राप्त गर्ने हाम्रो प्रयास अचानक अन्तमा आउँदछ ।
जब हामी अगाडि बढ्ने इच्छा राख्छौं भने हामी सिक्न रोक्दैनौं, केहि नयाँ गर्न डराउँदैनौं, गल्ती गर्न डराउँदैनौं, गल्तीहरूलाई अवसरको रूपमा हेर्छौ । यसैले नै हामीलाई प्रतिस्पर्धामा फाइदा पु-याउँछ ।

२ भ्रम होइन स्पष्टता
लिडर चाहे जति स्मार्ट होस् तर यदि उ स्पष्ट छैन, गलत धारणा पैदा गर्दछ भने, ऊ राम्रो लिडर होइन । एक राम्रो लिडर त्यो हो जसले टीमलाई अनिश्चित र अस्पष्ट परिस्थितिहरूबाट बाहिर ल्याउँछ, सबै कुराहरुलाई स्पष्ट पार्दछ । जब तपाई कुनै टीमको नेतृत्व गर्नुहुन्छ भने आफैलाई सोध्नुहोस् कि जब मेरो टीम मिटिङको लागि आउँछन्, के प्रत्येक सदस्यलाई मिटिङको कारण थाहा छ, वा उनीहरू अन्तसम्म किन मिटिङ आयोजित गरियो भनेर सोच्दैछन् ।
जब म कुनै प्रोजेक्टको लागि काम गर्छु, के प्रत्येक सदस्यले त्यो कामको महत्व बुझ्छन्, वा उनीहरूले काम देखेर त्यो काम आवश्यक ठान्दैनन् ? जब समस्याहरू उत्पन्न हुन्छ, के टीमले समस्या समाधान गर्न सँगै मिलेर काम गर्ने विचार गर्दछन् वा बारम्बार उही समस्याहरू काममा अवरोध बनिरहन्छ । यदि यी मध्ये केहि चीज तपाईसँग पनि मिल्दोजुल्दो छ भने टिमसँग बढी स्पष्ट हुनमा ध्यान दिनुहोस् । यसो गरेमा मात्र सँगै मिलेर काम गर्न सक्नेछौ, अन्यथा सँगै भए पनि बेग्लाबेग्लै कामहरू गर्नेछौं ।

 

३ ऊर्जा भनेको बाहिरी उत्साह मात्र होइन
एक लिडरले आफ्नो टीमलाई ऊर्जाले भर्न सक्छ । ऊर्जा भनेको बाहिरी उत्साह मात्र होइन, यो त्यो भन्दा बढि हो । मेरो टिम एकदम ठूलो छ … म मेरो टिमसँग धेरै खुसी छु, म टिमबाट धेरै राम्रोे काम लिन्छु, हामी धेरै ऊर्जावान छौं, भन्नु मात्र पर्याप्त हुँदैन । ऊर्जाको मतलब हो सबै मानिसहरूलाई एकसाथ ल्याएर काम गराउनु । सबैभन्दा राम्रो टिम उही हो, जसले सबैलाई एकै साथ ल्याएर तालमेल मिलाउँछ । हुनसक्छ तपाईको टोलीमा सबै उच्च स्तरका व्यक्तिहरू हुन सक्छन्, तर यदि तिनीहरू सँगै राम्रोसँग काम गर्दैनन् भने त्यस्तो टिमको कुनै उपयोग छैन । यस्तो टिमलाई लक्ष्यमा पुग्न लामो समय लाग्दछ र तिनीहरूको उत्पादनहरू पनि कमजोर हुनेछन् । अर्कोतर्फ, उत्कृष्ट तालमेलका कारण, कम प्रतिभाशाली टिमले पनि कम समयमा ठूलो लक्ष्यहरू प्राप्त गर्न सक्छन् ।

४ बहाना होइन स्वैच्छिक कार्य
राम्रो लिडरले काम गर्नका लागि सही मौसम कुर्दैनन् । उनीहरू स्वेच्छाले काम गर्दछन् । सच्चा लिडर्सले टिमलाई दोष दिदैनन् । उनीहरु आफैंले कति काम गरिरहेछन् भनेर जाँच्न ऐनामा हेर्छन् । यदि लिडर्सले सहि उदाहरण देखाउँछ भने, टिमले पनि त्यस्तै गर्नेछ ।