देशले एकातिर नाकाबन्दीको असर खेपिरहेको छ । नाकाबन्दीले आर्थिक मन्दी ल्याएको छ । अर्कातिर हिउँदे यामको चिसो त छँदैछ । यतिसम्म की आफैँले बैंकमा जम्मा गरेको आफ्नै पैसासमेत ग्राहकले निकाल्न पाइरहेका छैनन् । आफैँले आफ्ना लागि जम्मा गरेको रकम भनेको बेला निकाल्न नपाउँदा हैरानी बेहोर्नु स्वाभाविकै हो ।
गतसातादेखि दैनिक ११ घण्टा लोड सेडिङ भइरहेको छ । बत्ति कतिबेला बल्छ भन्ने पनि थाहा हुँदैन । उठ्दा पनि विजुली बल्दैन र सुत्दा पनि विजुली बल्दैन । जसका कारण आम मानिसले विजुली बलेको महसुस पनि गर्न पाइरहेका छैनन् । तर जम्बो मन्त्री मण्डल बनाएको केपी ओली नेतृत्वको सरकारले भन्छ, ‘एक वर्षभित्र देश लोडसेडिङ मुक्त हुन्छ ।’
लोड सेडिङको तालिका
राजधानीका अधिकांस बैंक तथा वित्तिय संस्थाहरुले लोड सेडिङ भएको बेला कारोवार गर्न छाडेका छन् । उनीहरुकै भनाईमा इन्धनको अभाव र लोड सेडिङका कारणले आफ्ना सबै काउन्टर चलाउन सकिएको छैन । लोड सेडिङ भएको बेला कुनकुन बैंकले कारोवार गर्दैनन ? त्यसकै आधारमा पैसाको कारोवार गर्न बैंकसम्म पुग्नुपर्ने अवस्था छ ।
ढाट्छन् बैंकहरु
बैंकिङ सेवा सधैंभरी अर्थात् २४ घण्टा नै सेवाग्राहीको सेवाको लागि तयार हुनुपर्ने क्षेत्र भए पनि पछिल्लो समय नाकाबन्दीसँगै उब्जिएको इन्धन अभावको संकटले बैंकिङ सेवाका लागि जाने सेवाग्राहीले समेत घण्टौसम्म कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थाले ग्राहकहरू थप मर्कामा परेका छन् । यद्यपी बैंकहरू भने आफ्नो सेवालाई लोडसेडिङले खासै असर नगरेको दाबी गर्छन् । बैंकिङ क्षेत्रमा नाकाबन्दीको असर परको छ । अधिकांस बैंकका काउन्टर बत्ति नहुँदा बन्द भएका हुन्छन् ।
सेवाग्राहीले चाहिएको समयमा सुरक्षित रूपले गर्जाे टार्न सकिन्छ भनेर नै बैंकमा पैसा जम्मा गर्ने हुन् तर, यसरी विभिन्न समस्याले ग्रस्त भइदिँदा बैंकले आफ्ना सेवाग्राहीलाई सेवा दिन नसक्दा बैंकिङ क्षेत्रप्रतिको आम मानिसको विश्वसनीयतामाथि नै प्रश्न चिश्न खडा भएको छ । अत्यावश्यक भएको बेलामा पाईने यस्ता झण्झटहरू आम सेवाग्राहीहरूको लागि समस्याको विषय बन्न पुगेको छ ।