September 20th, 2020

‘आज अनावश्यक चीज किन्दै हुनुहुन्छ ? भोलि आवश्यक चीजहरू पनि बेच्नुपर्ला !

बैंकिङ खबर । वारेन बफेट विश्वका एक प्रतिष्ठित व्यक्ति हुन्, उनी शेयर बजार खेलाडीका रूपमा पनि चिनिन्छन् । विश्वको धनी बिल गेट्सले वारेन बफेटलाई आफ्नो सर्वश्रेष्ठ मित्र र प्रेरकको रूपमा लिन्छन् । उनको जन्म ३० अगस्ट १३३० मा अमेरिकाको नेभस्कामा भएको थियो । उनको बुबाको नाम हावर्ड बफेट र आमाको नाम लीला स्टोल हो । उनका बुबा शेयर बजारका व्यापारी थिए ।

वारेन बफेटलाई बाल्यकालदेखि नै व्यापार र लगानीमा अत्याधिक रुचि थियो । आफ्नोे व्यवसायको शुरुआती दिनहरुमा उनी एघार वर्षका थिए, उनी आफ्नो खर्च निकाल्न घर घरमा पत्रिका पुर्याउने, चुइगम बेच्ने, कोका कोलाको बोतल बेच्थे । यस पछि, उनी हजुरबुवाको किराना पसलमा पैसा कमाउन, अखबारहरू वितरण गर्ने, गल्फ बल र टिकटहरू बिक्री गर्ने काम गर्नथाले । तेह्र वर्षको उमेरमै उनले आफ्नो पहिलो आय कर रिटर्न भरेका थिए । तै पनि उनलाई धेरै ढिलो पैसा बनाउन शुरू गरेकोमा पछुतो रहेको बताउँछन् ।

वारेन वाफेटका अनुसार उनी आज जे छन् त्यसको श्रेय बेन्जामिन ग्राहमलाई दिन्छन्, बेन्जामिन ग्राहम पनि शेयर बजारका ठुलो खेलाडी थिए र वारेन उनैकोमा मासिक १२०० डलरको तलबमा काम गर्थे । र उनीबाट नै हो बफेटले लगानी गर्ने गुणहरू सिके ।  आज उनी एक सफल लगानीकर्ता र उद्यमीका साथ साथै मोटिवेशनल स्पीकर छन्, र उनी २१ औं शताब्दीको सबैभन्दा प्रतिभाशाली बीर मानिन्छन् ।
वारेन फफेले आफ्नो कुल सम्पत्तिको ८५ प्रतिशत बिल गेट्सको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनलाई दान गरेर इतिहास रचेर विश्वको सबैभन्दा ठूलो दाता बनेका छन् ।

सादा जिवन उच्च विचार
वारेन बफेटले आफ्नो जीवनशैली एकदमै साधारण तरिकामा बिताए । उनकोे जीवनशैली आज पनि त्यतिकै सरल छ । बफेट आज पनि ५ दशक अघि खरिद गरेको घरमा बस्छन् । उनी आफ्नो काम आफै गर्छन् र कुनै सुरक्षा गार्डको उपयोग गर्दैनन् ।

बफेटका सुझावहरू : 

  • “आय :     कहिले पनि एउटा आयमा भर नपर्नुहोस् । आयको अर्को स्रोत बनाउन लगानी गर्नुहोस् । “
  • “सफलताः   जब अवसरहरू आउँछन्, तपाईंले केहि गर्नुहोस् ।
  • “खर्चः    यदि तपाईले आफूलाई नचाहिने चीजहरू किन्दै हुनुहुन्छ भने, एक दिन तपाईले आफूलाई चाहिने चीजहरू बेच्नु पर्छ । “
  • “बचत :     खर्च गरिए पछि जे बचत हुन्छ त्यसलाई नबचाउनुहोस् । तर बचत गरेपछि जे बाँकी रहन्छ त्यसलाई खर्च गर्नुहोस् ।
  • “जोखिम :   नदीको गहिराईलाई कहिले पनि दुई खुट्टाले ननाप्नुहोस् । “
  • “लगानी :   कहिल्यै पनि तपाईको सबै अण्डालाई एउटा टोकरीमा नहाल्नुहोस् ।“
  • “आशा :    इमानदारी सबैभन्दा महँगो उपहार हो । साना व्यक्तिबाट यसको अपेक्षा नगर्नुहोस् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]