नयाँ मौद्रिक नीति : (पूर्ण पाठ सहित)

बैंकिङ खबर । हाल कोरोनाका कारण उद्योग व्यवसाय, पर्यटन, बैंकिङ क्षेत्र सबै प्रभावित भएकाले यसैलाई केन्द्रिीत गरी मौद्रिक निति ल्याइएको छ । यस मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहित गर्ने जनाएको छ यस्तै कृषि क्षेत्रलाई समेत विशेष प्राथमिकतामा राखेको छ । राष्ट्र बैंकले ७ प्रतिशतभित्र मूल्य बृद्धि कायम गर्ने गरी चालु बर्षको बजेटलाई सहयोगी हुने मौद्रिक नीति सार्वजनिक गरेको हो । गभर्नर महाप्रसाद अधिकारीको यो पहिलो मौद्रिक नीति हो । मौद्रिक नीतिमा निजी क्षेत्रको कर्जा बिस्तार लक्ष्य २० प्रतिशत राखिएको छ । यसअघिको आबमा यस्तो कर्जा विस्तार १३ प्रतिशत रहेको छ । ब्याज दरको माथिल्लो करिडोर यथाबत राखि तल्लो सीमा एक प्रतिशतले घटाइएको छ । रिपोलाई साढे तीन बाट ३ प्रतिशतमा झारिएको छ। (मौद्रिक नीतिको पूर्ण पाठ)

Monetary policy (In Nepali) 2077-78