April 23rd, 2020

अत्यावश्यक व्यबसाय गर्नुस्, जसको लागि लकडाउनमा पनि बैंकबाट कर्जा निकाल्न सकिन्छ !

बैंकिङ खबर । आम नागरीकको दैनिक जिवनमा आइपर्ने अत्यावश्यक वस्तुहरु जस्तै, औषधि, खाद्यान्न, दुध, ग्यास, पेट्रोलियम पदार्थ आदि सम्बन्धि गरीने व्यबसायलाई अत्यावश्यक व्यबसाय भनिन्छ । यी नभई आम सर्वसाधारण्को जीवन कष्टकर हुन्छ । त्यसैले सरकारले तोकेका विभिन्न अत्यावश्यक वस्तुको व्यापार व्यवसाय गर्नेका लागि कर्जा दिइने भएको छ ।

केन्द्रीय बैंकले हालै जारी गरेको सूचनामा लकडाउनका बेला संचालन हुने र सरकारले तोकेको अत्यावश्यक बस्तु संचालनका लागि कर्जा दिने जानकारी गराइएको छ । यसमा कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सेवा विभागले सूचीकृत एवं सिफारीस गरेको स्वास्थ्यपोचार सम्बन्धि वस्तु तथा उपकरणहरु औषधि, खाद्यान्न लगायत अत्यावश्यकीय मालबस्तु पैठारी तथा बिक्री बितरण सहज बनाउने प्रयोजनका लागि कर्जाको माग भएमा संक्षिप्त प्रक्रिया पुरा गरी ५ दिन भित्र कर्जा प्रदान गर्न निर्देशन जारी भएकोे छ । त्यस्तै, सरकारले मुलुकभित्र खाद्य र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने र अन्य उद्योगले पनि आफ्नै आवासीय मजदूर परिचालन गरेर सञ्चालन गर्न सक्ने भए त्यसलाई पनि सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]