भारतीय बैंकहरुमा खराब कर्जा बढ्दै

बैंकिङ खबर । भारतको बैंकिङ क्षेत्रमा खराब अर्थात निष्कृय कर्जा नौ प्रतिशत माथि छ । २०१९ को अन्तिमसम्ममा यस्तो कर्जा ९.३ प्रतिशत रहेको आरबीआईको तथ्यांक छ । प्रोभिजनको मात्रा बढाउँदै लगेका कारण पछिल्लो समय खराब कर्जामा केही कमी आएको भए तापनि आगामी दिनमा बढ्ने केन्द्रीय बैंकको प्रक्षेपण छ । आगामी एक वर्षमा अर्थात् २०२०को अन्तिमसम्ममा निष्कृय कर्जा ९.९ प्रतिशत पुग्ने आरबीआईको अनुमान छ ।

प्राइभेटमाभन्दा स्टेट बैंकमा बढी
स्टेट बैंकमा खराब कर्जाको मात्रा बढी रहेको छ । २०१९ मा १२.७ प्रतिशत रहेको यस्तो कर्जा २०२० मा १३.२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । निजी क्षेत्रका बैंकहरुको निष्कृय कर्जा ३.९ प्रतिशतबाट ४.२ प्रतिशत पुग्ने अनुमान छ । विदेशी बैंकहरुमा खराब कर्जा कम रहेका छ । २०१९मा यस्ता बैंकहरुमा २.९ प्रतिशत खराब कर्जा छ । २०२० मा यस्तो कर्जा ३.१ प्रतिशत पुग्ने अनुमान छ ।